‘एमसीसीमा सैन्य मामिला नजोडिएको र अमेरिकी कानुनबाटै सैन्य संलग्नता निषेधित’


प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार

अमेरिकी सरकारले एमसीसीमार्फत नेपाललाई गर्ने भनिएको ५० करोड डलर सहायताबारे अमेरिकी सरकारले १० वटा तथ्यहरु स्पष्ट पारेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत नेपालमा लागू हुन गैरहेको एमसिसी कम्प्याक्ट परियोजनाका बारेमा जान्नैपर्ने तथ्यहरू मध्ये १० तथ्य स्पष्ट पारेको हो ।

यो एक अनुदान कार्यक्रम रहेको र यसमा कुनैपनि अदृष्य प्रावधान या व्यवस्थाहरू नरहेको स्पष्ट पारिएको छ । यी सबै परियोजनाहरू नेपाल आँफैंले नेपालको प्राथमिकता अनुसार छनौट गरेको र नेपालीहरूले आफ्नै नेतृत्वमा नेपालको आर्थिक विकासका लागि कार्यान्वयन गर्ने परियोजनाहरू रहेको पनि स्पष्ट पारिएको छ ।

नेपालको नेतृत्वको आग्रहमा अमेरिकी सरकारले सन् २०१२ मा नेपालसँग सहकार्य गर्दै एमसीसी कम्प्याक्टको योजना विकाश गर्ने कार्यको थालनी गरेको, प्रत्येक सरकार र प्रत्येक नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकाशका लागि नेपालमा एमसीसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा व्यक्त गरेका, एमसीसी परियोजना बिसुद्ध रुपमा आर्थिक विकाशमा केन्द्रीत रहेको र विद्युत लाइन निर्माण तथा सडकको स्तरोन्नत्तिमार्फत आर्थिक विकाशलाई सघाउने परियोजनाको लक्ष्य रहेको स्पष्ट पारिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एमसीसीमा कुनै पनि सैन्य मामिला नजोडिएको तथा अमेरिकी कानुनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको समेत स्पष्ट पारिएको छ । एमसीसीमा सहभागि हुनका लागि नेपालले कतै पनि सम्मिलित हुन नपर्ने र हस्ताक्षर गर्नु नपर्नेपनि स्पष्ट पारिएको छ । एमसीसी एण्डो प्यासेफिक रणनीति वा इन्डो प्यासेफिक कमाण्डको अंश भएको तथा एमसीसी लागु भएमा नेपाल त्यसमा सम्मिलित हुनुपर्ने प्रचारवाजी भइरहेको सन्दर्भमा अमेरिकाले यो विषयमा स्पष्ट पारेको हो ।

एमसीसीबारे स्पष्ट पार्दै भनिएको छ – ‘यो ५० करोड डलर एक अनुदान हो । जसमा कुनै स्वार्थ छैन, व्याजदर छैन, वा कुनै लुकेको प्रावधान छैन । नेपालले गर्नुपर्ने भनेको सहमति भइसकेका परियोजनाहरुमा उक्त रकम पारदर्शी रुपमा खर्च गर्न प्रतिबद्ध हुनुमात्र हो ।’

एमसीसीले नेपालमा कुन परियोजनाहरुमा खर्च गर्ने भन्ने विषय नेपालको आफ्नै प्राथमिकताहरुका आधारमा नेपालीहरुले नै प्रस्ताव र निक्यौल गरेको पनि स्पष्ट पारिएको छ । साथै एमसीसीको प्रावधानअनुशार यी परियोजनाहरुको कार्यान्वयनको नेतृत्व गर्न नेपालले नेपालीलाई नै काममा लगाउन आवश्यक रहेको समेत स्पष्ट पारिएको छ ।

एमसीसी परियोजनाका टेण्डरहरु सबैका लागि खुल्ला, पारदर्शी र सबैका लागि उपलब्ध रहेको स्पष्ट पार्दै भनिएको छ – ‘एमसीसीले काम गर्ने प्रत्येक मुलुकमा झैं नेपालमा पनि संसदीय अनुमोदन जरुरी छ । यसबाट पारदर्शिता स्थापित हुन्छ । र नेपालीहरुलाई परियोजनाका बारेमा बुझ्ने अवशर पनि प्राप्त हुन्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com