प्रचण्ड संघीयता समाप्त पार्ने खेलमा !


प्रकाशित मिति : चैत्र ३, २०७३ बिहीबार

काठमाडौं, ३ चैत । केही दिन अगाडी नेकपा एमालेका नेताहरुले मधेसी मोर्चाका नेताहरुको रगतमा नेपाली पन छ कि छैन जाँच्नु पर्ने बताएका थिए । राष्ट्रियताको सवाल उठाउँदै एमाले नेताहरुले मधेसी मोर्चाका नेताहरु नेपाली हुन की होइनन् भन्दै प्रश्न गरेका हुन । एमाले नेताहरुको यो प्रतिकृयापछि मधेसी मोर्चाका एक नेताले यसको जवाफ फर्काएका छन् ।
एबीसी न्यूजको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले ठूला दलका नेता भनौदाहरुको शरीरमा भारतीय रगत बगिरहेको आरोप लगाए । उनले भने ः हामीलाई भारतीय देख्ने ? हामीसँग सबै लिष्ट छ, आफुलाई राष्ट्रवादी देख्ने नेताहरुको शरीरमा भारतीय रगत बगिरहेको छ । भारतीय दुतावासले नस्लवादी दलका नेहरुको शरीरमा भारतीय रगत फेरिदिएको । त्यति मात्र होइन, भारतीय पैसामा नेताहरु जिविका चलाइरहेका छन्, ल अब भन्नुस्, कसको रगत नेपाली र कसको भारतीय ?
सरकारसँग भर्खरै सम्बन्ध बिच्छेद गरेको मधेसी मोर्चाका नेता यादवले वर्तमान सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गम्भीर आरोप समेत लगाएका छन् । अध्यक्ष यादवले वर्तमान सरकार संघीयता समाप्त पार्ने खेलमा लागेको आरोप लगाए ।  प्रधानमन्त्री प्रचण्ड प्रतिगामी कित्तामा सरेर संघीयता समाप्त पर्ने खेलमा लागेको उनको आरोप रहेको छ । संघीयता, गणतन्त्र र धर्मनिपेक्षता बिरोधी तत्वसँगको साठगाठमा लागेर प्रधानमन्त्री प्रचण्ड आजसम्मका उपलब्धी समाप्त पार्ने खेलमा लागेको उनले आरोप लगाए ।
सरकारले स्थानीय तहको निर्वाच घोषणा गर्नु र प्रतिगामी तत्वहरुसँगको साठगाठमा लाग्नु संघीयता समाप्त पार्ने पहिलो खेल रहेको उनको तर्क छ । हजारौ जनताको बलिदानीपछि प्राप्त उपल्धी समाप्त पार्नेगरी घोषणा गरिएको स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा सम्पन्न गर्न नदिने उनले चेतावनी दिए ।
नेता यादवले सरकारलाई दिएको समर्थन फिर्ता सँगै मधेसी मोर्चा आन्दोलनमा होमिएकाले फेरी नाकाबन्दी दोहरीने समेत चेतावनी दिए । वर्तमान सरकारले मधेसी जनतामाथी घात गरेको भन्दै अध्यक्ष यादवले अब निर्णायक आन्दोलन सुरु भएको बताउँदै आन्दोलनका कारण फेरी नाकाबन्दी दोहोरीने चेतावनी दिनु हुन ।
वर्तमान सरकारसँग सम्बन्ध टुटेसँगै फरक प्रकृतिको आन्दोलन सुरु भएको भन्दै अध्यक्ष यादवले अबको आन्दोलनले सर्वतमान राज्यसत्ताको चरिपत्र नै परिवर्तन गर्ने दावी गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com