अमेरिकाले विमान चार्टड गरेर देशनिकाला गरेका ५ नेपाली काठमाडौंमा


प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार

अमेरिकाले देशनिकाला गरेर पठाएका नेपालीहरु काठमाडौंको विमानस्थलमा

अमेरिकी सरकारले देशनिकालामा परेका पाँच नेपालीलाई विमान चार्टर्ड गरेर काठमाडौं ल्याएर छाडेको छ । उनीहरुलाई बुधबार काठमाडौं छाडिएको जनाइएकोछ ।

अमेरिकी सरकारले सन् २०१९ को जनवरीयतामात्र ११५ जना नेपालीहरुलाई देशनिकाला गरेर यसरी नेपाल पठाएको छ । तर आर्थिक बर्ष २०१९ को कुल संख्या भने १६२ रहेको छ ।

अमेरिकी सरकारको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले सार्वजनिक गरेको नयाँ रिपोर्ट अनुशार आइसको देशनिकालामा पर्ने नेपालीहरुको संख्या गतबर्षको तुलनामा झण्डै ४ गुणा बढेको छ । आर्थिक बर्ष २०१९ मा आइसमार्फत देशनिकालामा पर्ने नेपालीहरुको संख्यामा नाटकीय रुपमा बृद्धि भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिपोर्टको पूर्ण पाठ पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

आर्थिक बर्ष २०१९ मा आइसमार्फत देशनिकालामा पर्ने नेपालीहरुको संख्या १६२ रहेको छ । उनीहरुमध्ये अधिकांश दलाललाई लाखौं रकम बुझाएर मेक्सिकोको बाटोहुँदै अमेरिका छिर्न खोज्दा पक्राउ पर्नेहरु हुन् । आर्थिक बर्ष २०१८ मा यसरी आइसमार्फत देशनिकालामा पर्ने नेपालीहरुको संख्या जम्मा ४५ रहेको थियो ।

आइसमार्फत देशनिकालामा पर्ने बंगालादेशीहरुको संख्यामा भने खासै बृद्धि भएको छैन । सन् २०१८ मा १४७ जना बंगालादेशीहरु आइसमार्फत देशनिकालामा परेकोमा सन् २०१९ मा १५९ जना बंगादेशीहरु आइसमार्फत देशनिकालामा परेका छन् ।

तर भारतीयहरुको संख्या भने नाटकीय तरिकाले बढेको छ । सन् २०१८ मा जम्मा ६११ ज्ना भारतीयहरु आइसमार्फत अमेरिकाबाट देशनिकालामा परेका थिए तर सन् २०१९ मा यो संख्या १६ सय १६ पुगेको छ । कैयन भारतीयहरुलाई विमानै चार्टड गरेर भारतमा लगेर छाडिएको छ ।

आर्थिक बर्ष २०१९ मा आइसमार्फत देशनिकालामा पर्नेहरुको कुल संख्या भने २ लाख ६७ हजार २ सय ५८ रहेको छ । गतबर्ष यो संख्या २ लाख ५६ हजार ८५ रहेको थियो । २०१९ मा आइसमार्फत देशनिकालामा पर्नेमा सबैभन्दा धेरै मेक्सिकोका १ लाख २७ हजार ४ सय ९२, ग्वाटेमालाका ५४ हजार ९१९ र होण्डुरसका ४१ हजार ८ सय रहेका छन् । गतबर्षको तुलनामा ग्वाटेमाला र होण्डुरसका नागरिकको संख्या बढेपनि मेक्सिकनको भने घटेको छ ।

विगतका बर्षमा आइसमाफर्त कति नेपाली डिपोर्ट ?

विगतका बर्षहरुमा आइसमार्फत देशनिकालामा पर्ने नेपालीहरुको संख्या निकै कम रहेको छ । सन् २०१७ मा जम्मा ४५ जना नेपालीहरु आइसमार्फत देशनिकालामा परेका थिए भने सन् २०१६ मा यो संख्या जम्मा २५ रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com