न्यूयोर्कमा मुस्लिम धर्म गुरु सहित दुई जनाको हत्या


प्रकाशित मिति : श्रावण ३०, २०७३ आईतबार

अमेरिकाको न्यूयोर्कमा हिडिरहेका मुस्लिम धर्म गुरु सहित दुई जनाको गोही हानि हत्या गरिएको छ । शनिबार दिउसो पौने २ बजेतिर न्युयोर्कको क्वीन्स ओजन पार्क नजिक सडकमा हिडिरेहको अवस्थामा उनीहरुमाथि गोली हानिएको थियो ।

प्रहरी प्रवक्ताका अनुसार एक व्यक्तिले पछाडिबाट उनीहरुको टाउँकोमा गोली हानेका थिए । बीबीसीका अनुसार ५५ वर्षीय इमाम मौलामा एकोनजी दुई वर्ष पहिला बंगलादेशबाट न्यूयोर्क आएका थिए । अर्का व्यक्तिको उमेर ६४ वर्ष बताइएको छ । प्रहरीले अहिलेसम्म धर्मका कारण उनीहरुलाई निशाना बनाइएको कुनै प्रमाण फेला नपरेको बताएको छ ।

अमेरिकामा रहेका स्थानीय मुसलमानले घटनालाई ‘हेट क्राइम’ बताएका छन् । उनीहरुले अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पमाथि इस्लाम विरुद्ध माहोल बनाएको आरोप लगाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com