अनेस इजरायलको प्रथम अधिबेसन सम्पन्न


प्रकाशित मिति : चैत्र २, २०७३ बुधबार

नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तरास्ट्रिय नेपाली समाज इजरायलको प्रथम अधिवेशन सम्पन्न गरेको छ । इजरायलको तेलअभिभमा सम्पन्न अधिवेशनले तेज बहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जसमा उपाध्यक्षहरु क्रमस शंकर कुमार पौडेल, सावित्री अधिकारी,जयराम घले महासचिव तारा ढकाल ,सचिवहरु क्रमस:रामचन्द्र योन्जन, दिप्मा तामांग ,इन्द्र भण्डारी हुनुहुन्छ भने कोषाध्यक्षमा मधु चेम्जोङ सह-कोषाध्यक्षमा गोमा भुजेललाई चयन गरेको छ ।

यसैगरी कार्यसमिति सदस्यहरुमा लाक्पा तामाङ ,दिपा श्रीश,कमला कन्दङ्वा,रोजी मोक्तान तामांग , गोमा पोखरेल , सुसिला खनाल ,लक्ष्मी श्रेष्ठ ,दिपा तामांग ,शुष्मा राइ चयन हुनु भएको छ भने अन्तरास्ट्रिय नेपाली समाज इजरायलको प्रवक्तामा दावा योनञ्जन तामाङलाई चयन गरेको छ । सम्मेलनपछि बसेको कार्यसमितिको बैठकले बिबि लामा तामाङ र बिष्णु सिंखडालाई सल्लाहकारमा राख्ने निर्णय गरेको अध्यक्ष तेज बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com