‘भिसाका लागि कागजपत्र नक्कली बनाउनसक्ने भएकाले अन्तरवार्तामात्र’ – अमेरिकी दूतावास, काठमाडौं


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

अमेरिकी दूतावास काठमाडौंले अमेरिकाको गैरआप्रवासी भिसाका लागि आवेदकले कागजपत्र नक्कली बनाउनसक्ने भएकाले आफूहरुले सबै सुचना अन्तरवार्तामार्फत नै लिने प्रणाली बनाएको स्पष्ट पारेको छ । दूतावासको फेसबुक पेजमा कन्सुलर अफिसरले भिसा च्याटका क्रममा दिएको जवाफमा पटकपटक यस्तो बताएका हुन् ।

विद्यार्थी भिसाका डिपेन्डेन्टमा जान चाहनेहरुले भिसाको दुरुपयोग नगर्ने कुरा देखाउन सक्नुपर्ने र उनीहरुले अमेरिकामा काम नगरी बस्न सक्ने आधार देखाउनुपर्ने कन्सुलर अफिसरको भनाई छ । त्यस्तै पढाई सकिएपछि फर्कने आधार हुनुपर्ने र विगतमा भिसा नपाएकाहरुले आफ्नो अवस्था परिवर्तन भएपछि पुन भिसाका लागि आवेदन दिनसक्ने कन्सुलर अफिसरले बताएका छन् ।

त्यस्तै बीवान बी टु भिसामा अमेरिका जानका लागि मेडिकल इन्सुरेन्स नचाहिने भिसा च्याटमा स्पष्ट पारिएको छ । अन्य आप्रवासी भिसा वाहकका लागि समेत मेडिकल इन्सुरेन्सको नियम कार्यान्वयनमा अदातलले रोक लगाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टुरिस्ट भिसाको लागि स्पोन्सर नचाहिने, भिसा पाउन फर्कने कुराको ग्यारेन्टी हुनुपर्ने जस्ता कैयन रेडीमेड जवाफहरु भिसा च्याटमा दिइएको छ । अधिकांशले व्यक्तिगत प्रश्न सोधेकोमा त्यस्ता प्रश्नको जवाफ दिन नसक्ने बताइएको छ भने नेपाली भाषामा सोधिएका प्रश्नको पनि जवाफ दिइएको छैन । अधिकांश प्रश्नहरु र जवाफ पुरानै दोहोरिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com