अष्ट्रेलियाको डिपेनडेन्ट भिसा अस्वीकृत हुनबाट कसरी बच्ने ? डिपेनडेन्ट भिसाबारे सम्पूर्ण जानकारी


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

अष्ट्रेलियामा आएको व्यक्तिले आफ्नो जीवनसाथीलाई डिपेनडेन्ट भिसामा ल्याउन सक्छ । तर , डिपेनडेन्ट भिसाको बारेमा पूर्ण तथा सही जानकारी नहुँदा डिपेनडेन्ट भिसाको लागि एप्लाई गरेतापनि अस्विकार हुनसक्छ ।

यसका साथै दुई जना अष्ट्रेलियामा बस्दा लाग्ने खर्च, पढाइ खर्च, कामको सम्भावना, आम्दानी आदिको बारेमा जानकारी नहुँदा अष्ट्रेलियाको बसाइमा कठिनाइ हुने, सम्बन्धमा दरार आउने सम्भावना रहन्छ । त्यस्तै, बच्चालाई अष्ट्रेलिया ल्याउँदा पालना गर्नुपर्ने नियम, पालनपोषण तथा नया खर्च आदिको बारेमा समेत दम्पत्ति सचेत रहनुपर्छ ।

अष्ट्रेलियामा १० वर्ष देखि माइग्रेसन तथा एजुकेशन सम्बन्धि सेवा दिंदै आएको टिडब्लु जीजीले नेपालीहरु यी समस्यामा नपरुन् भन्ने उद्देश्यका साथ डिपेनडेन्ट भिसा सम्बन्धि सम्पूर्ण जानकारी दिने प्रयास गरेको छ । टिडब्लुजीजीले युट्युब मार्फत जानकारी मुलक भिडियो ल्याएको हो ।

टिडब्लुजीजीको उक्त भिडियोमा टिडब्लुजीजीकै प्रिन्सिपल तथा कानुनविद टोनु घोथानेले डिपेनडेन्ट भिसा सम्बन्धि जानकारीहरु प्रस्तुत गर्नुभएको छ । घोथानेले थप जिज्ञासा या समस्या भएमा फेसबुक पेजमा लेखेर पठाउन सकिने र त्यस बारेमा परामर्श समेत दिइने बताउनुभएको छ । भिडियोको लागि दिइएको लिंकमा क्लिक गर्नुहोस्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com