निमोनियाबाट कसरी बचाउने बालबालिका ?


प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

विश्वमा प्रत्येक वर्ष झण्डै १ करोड बालबालिकाको मुत्यु निमोनिया, झाडापखाला, दादुरा, मलेरिया, एचआईभी एड्स तथा कुपोषण जस्ता रोगहरुबाट हुने गर्दछ । एक तथ्यांकका अनुसार संसारभर करिब १६ लाख बालबालिकाहरु निमोनियाबाट मात्रा मृत्यु भएको देखिन्छ ।

निमोनियाले प्रति वर्ष विश्वभर १५ करोड ५० लाख बालबालिका बिरामी पर्छन् । निमोनिया ५ वर्ष मुनिका बालबालिकाहरुको मृत्युको एउटा प्रमुख कारण हो । ५ वर्ष मुनिका बालबालिकाको मृत्यु मध्ये १५ प्रतिशत मृत्युको कारण निमोनिया हो । सन् २०१७ मा विश्वभरमा ८ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ । निमोनियाबाट बालबालाईलाई समयमै नजोगाएमा सन् २०३० सम्ममा विश्वभर १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ ।

के हो निमोनिया ?

निमोनिया भनेको फोक्सोमा हुने संक्रमण हो । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने कोखा हाल्ने समस्या हुन्छ । कडा निमोनियाले बालबालिकाको मृत्यु समेत हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निमोनियाबाट हुने मृत्युदर कम गर्न के गर्ने ?

– जन्मेदेखि ६ महिनासम्मका बालबालिकालाई आमाको दुध मात्र खुवाउने,

– ६ महिनापछि आमाको दुधको साथै थप खाना पनि खुवाउने,

–नियमित खोपहरु लगाउने,

–नियमित हात धुने, शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिने,

–बालबालिकालाई धुवा, धुँलो, धुम्रपान बाट टाढा राख्ने ।

निमोनियाको उपचार शीघ्र र सही औषधिबाट गर्नुपर्छ । सही समयमा निमोनियाको उपचार गरिएमा निमोनियाबाट हुने मृत्युलाई रोक्न सकिन्छ ।- खबरहब

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com