प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल


प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

मंसिर १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आज बिहान सो सेन्टरमा गएका थिए । उनलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शल्यक्रिया सफल भएको छ । उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतलगायत संलग्न रहेका छन् । चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com