न्यूयोर्कको टाइम्स स्क्वायरमा पहिलो पटक ‘छ माया छपक्कै’ भब्य प्रर्दशन


प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार

न्यूयोर्कको म्यानहाटनमा रहेको फे्रन्चाइज मूभी हल एएमसीमा आज पहिलो पटक नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ प्रर्दशन भएको छ । सन् १९२० मा स्थापना भएको ९९ बर्ष पुरानो यो मुभी हलमा ‘छ माया छपक्कै’ प्रर्दशन गरिएको हो । पहिलो पटक न्यूयोर्कको मुटु टाइम्स स्क्वायरमा रहेको एएमसीमा नेपाली चलचित्र प्रर्दशन भएकाले पनि दर्शकहरुको उलेख्य सहभागिता रहेको थियो । आयोजकका अनुसार दर्शकहरुको आग्रहका कारण फिल्म हेर्न पुगेका दर्शकहरुले उभिएर चलचित्र हेरेका थिए भने केही प्यासेजमा समेत बसेर फिल्म हेरेका थिए । साथै केही सिट नपाएर फर्केका थिए ।

चलचित्रकी नायिका केकी अधिकारी समेत यस प्रर्दशनका लागि अमेरिका आईपुगेकी थिइन् । दर्शकहरुको अपार माया हामीले पाएका हौं, चलचित्र प्रर्दशन पछी संक्षिप्त प्रतिकृया दिँदै नायिका अधिकारीले भनिन्, न्यूयोर्क तथा आसपासमा रहनु हुने सम्पूर्ण दर्शकमा फिल्म यूनिट तथा कलाकारको तर्फबाट म हार्दीक धन्यवाद दिन चाहन्छु ।

मनोरञ्जनका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यो भूमी हल एएमसीमा नेपाली फिल्म हेर्न पाउनु आफैमा गर्वको कुरा हो, आयोजकका अनुसार अन्र्तराष्ट्रिय ब्राण्डका हलमा नेपाली फिल्म पनि चलाउनु पर्छ भन्ने मान्यताले पहिलो पटक नेपाली चलचित्र छ माया छपक्कै देखाइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोजकले नेपाली चलचित्रलाई माया गर्ने सम्पूर्णमा हार्दीक धन्यवाद दिँदै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गरेको जनाएका छन् । हामीले अपेक्षा गरेको भन्दा धेरै दर्शकहरु हल सम्म पुग्नु भयो, केही फिल्म हेर्न नपाएर फर्कनु भएको प्रतिकृया पाएका छौं, वहाँहरुलाई हाम्रो दोश्रो शो कुइन्सस्थित बम्बे थिएटरमा डिसेम्बर २ तारिख पुन फिल्म हेर्ने व्यवस्था मिलाएका छौं । आयोजकका अनुसार यदी एएमसी हलमा फिल्म हेर्न नपाएको टिकट लिएर आएमा दोश्रो शो हेर्न पाइनेछ ।

यस फिल्मका कलाकार दिपकराज गिरी, दिपाश्री निरौला र फिल्मका निमार्ता रोहित अधिकारीले आफ्नो फेसबुक मार्फत न्यूयोर्कको पहिलो प्रर्दशन उलेख्य रहेको जनाउँदै दर्शकहरुमा हार्दीक धन्यवाद ज्ञापन गरेका छन् । नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको अपार मायाका कारण फिल्म सफल भएको जनाउँदै उनिहरुले आगामी दिनमा समेत यस्तै माया र सहयोगको अपेक्षा गरेको जनाएका छन् ।

हाल सम्म २ सय मिलियन भन्दा बढी दर्शकले एएमसीमा चलचित्र हेरिसकेका छन्, भने यसको विश्वभर ३ सय ८० चलचित्र घरहरु छन् । गुणस्तरीय सेवा प्रदान गरिरहेको एएमसीमा चलचित्र हेर्नका लागि न्यूयोर्क तथा आसपासका क्षेत्रबाट टिकट बिक्री भएको आयोजकहरुको भनाई छ । आयोजकका अनुसार बोष्टन, बाल्टिमोर, न्यूजर्सी, कनेक्टिक लगायतका क्षेत्रबाट पनि दर्शकहरुले छ माया छपक्कै हेर्न अनलाइनबाट टिकट खरिद गरेका थिए ।

आयोजकका अनुसार यस फिल्मको दोश्रो शो डिसेम्बर २ तारिख सोमबारका दिन साँझ ५३० बजे हुँदैछ । यसका लागि तयारी भईरहेको आयोजक व्यवसायी रवि गौतमले जानकारी दिएका छन् । दर्शकको मन जित्न सफल चलचित्र छ माया छपक्कै अहिले नेपालमा सफल प्रर्दशन संगै अमेरिकामा पनि भव्य प्रर्दशन भईरहेको छ । फिल्म निमार्ण समेत गरेका मन्जिल श्रेष्ठले भने, आउनुस नेपाली चलचित्रलाई माया गरौं, मुभी हेरेर रमाईलो गरौं ।

गायक यम बराल समेत हलमा पुगेर दर्शकसंगै केही समय फिल्म हेरेका थिए । उनले नेपाली फिल्मलाई माया गर्ने दर्शकहरुप्रति आभार व्यक्त गरेका छन् । फिल्म निमार्ण गरेका कलाकार दिपकराज गिरीको प्रशंसा गर्दै, गायक बरालले भने गिरीको नेपाली फिल्मप्रतिको लगाव र मेहेनतलाई म धन्यवाद दिन चाहन्छु ।

गम्भीर राजनीतिक बिषयमा हास्यप्रधान ढंगले प्रस्तुत गरिएको चलचित्र छ माया छपक्कै न्यूयोर्क राज्यका बिभिन्न स्थानमा प्रर्दशनको तयारी भईरहेको छ । दिपेन्द्र लामा निर्देशित चललचित्रको कथा पनि निर्देशक लामाले नै तयार पारेका हुन् । चलचित्रमा दीपकराज गिरी केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्मस र आईएमईको संयुक्त ब्यानरमा बनेको चलचित्रको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com