‘फेसबुक र गुगल मानव अधिकारका लागि खतरा’


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

मंसिर ७, काठमाडौं । इन्टरनेट जगतका सबैभन्दा ठूला प्लाटफर्म गुगल तथा फेसबुक अहिले मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसकेका छन् । तर मानव अधिकारसम्बन्धी संस्था एम्नेष्टी इन्टरनेशनलका अनुसार गुगल र फेसबुकको व्यवसायिक मोडेलले मानव अधिकारको क्षेत्रमा खतरा पैदा गरेको छ ।

एम्नेष्टीको रिपोर्टमा यी प्रविधि कम्पनीहरुले अंगीकार गर्ने व्यापक निगरानीको शैलीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । गुगल तथा फेसबुक जस्ता इन्टरनेट प्लाटर्फमहरुले मानव अधिकारमा नोक्सान पुर्‍याउने अवस्था सिर्जना गरिरहेको दाबी रिपोर्टमा गरिएको छ । तर फेसबुकले चाहिँ एम्नेष्टीको रिपोर्टप्रति असहमति व्यक्त गरेको छ । फेसबुकले मानव अधिकार संकटमा पारेको नभै झनै सशक्त बनाएको जिकिर उसको छ । उता गुगलले चाहिँ आफू मानिसहरुको भरोसाको केन्द्र रहेको र प्रयोगकर्ताको डाटाको सुरक्षाको जिम्मेवारीको पनि बोध रहेको बताएको छ ।

विश्वको कूल जनसंख्याको ९० प्रतिशतभन्दा धेरैले गुगल प्रयोग गर्दछन् भने दुनियाको एक तिहाइ मानिसले हरेक दिन फेसबुक चलाउँदछन् । अतः करोडौँ मानिसहरुसँग गुगल तथा फेसबुक जस्ता निर्धारित शर्त मानेर चलाउनुपर्ने इन्टरनेट प्लाटफर्म प्रयोग गर्नुको विकल्प छैन । आफ्नो ५८ पृष्ठ लामो रिपोर्टमा एम्नेष्टीले फेसबुक र गुगलको व्यवसायिक ढाँचालाई ‘अरबौं मानिसको विश्वव्यापी निगरानी’ नामाकरण गरेको छ । यी प्रविधि कम्पनीहरुले आफ्नो आधारभूत व्यवसायिक मोडेलमा मौलिक परिवर्तन गर्नु आवश्यक रहेको पनि एम्नेष्टीको रिपोर्टमा उल्लेख छ ।

गुगल तथा फेसबुकले आफ्ना सेवाहरु प्रयोग गर्दा उपभोक्तासँग कुनै शुल्क नलिए तापनि प्रयोगकर्ताहरुले आफ्ना व्यक्तिगत डाटाहरुको रुपमा मूल्य चुकाउनु परिरहेको एम्नेष्टीको रिपोर्टमा लेखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेसबुक र गुगलले के भने ?

एम्नेस्टीको दाबीका विषयमा फेसबुकले प्रतिक्रिया दिँदै आफ्नो बिजनेस मोडल विज्ञापनमा आधारित रहेको र यसले मानिसहरुलाई आफ्नो आवाज उठाउन र एकजुट हुने मौका प्रदान गरी मानव अधिकारलाई बढावा दिइरहेको बताएको छ । एम्नेष्टीकै रिपोर्टमा फेसबुकका एकजना निर्देशकको प्रष्टिकरण छापिएको छ । जसमा उनले फेसबुकको काम मानव अधिकारको सिद्धान्त अनुरुप नभएको भन्ने एम्नेष्टीको निष्कर्षप्रति आफू असहमत रहेको जनाएका छन् ।

टेक वेबसाइट द भर्जमा प्रकाशित गुगलका प्रवक्ताको भनाइअनुसार प्रयोगकर्ताको गोपनियताको रक्षाका लागि गुगल प्रतिबद्ध छ र यस दिशामा थप काम गरिरहेको छ । मानिसहरुले आफ्नो सूचनाका विषयमा गुगलप्रति भरोसा गर्ने भएको हुँदा प्रयोगकर्ताका सूचनाको सुरक्षा गर्नु आफ्नो जिम्मेवारी रहेको गुगलको भनाइ छ । -एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com