अमेरिकाको टेक्सासमा गाडी दुर्घटनामा ज्यान गुमाउने नेपाली युवा भएको पुष्टी
प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

अमेरिकाको टेक्सासमा गाडी दुर्घटनामा ज्यान गुमाउने व्यक्ति नेपाली युवा भएको पुष्टी भएको छ । गत शुक्रबार भएको दुर्घटनामा ज्यान गुमाउने ३० वर्षका रवी श्रेष्ठ भएको जनाइएको छ ।
टेक्सासको फ्रिस्कोमा उनको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना हुन पुगेको थियो । घटना राती पौने ११ बजे भएको थियो । दुर्घटनामा गम्भिर घाइते रवीलाई अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा निधन भएको छ ।\
दुर्घटनामा ज्यान गुमाउने व्यक्ति नेपाली युवा रहेको बुधबारमात्र थाहा भएको थियो । गाडीमा अरु कुनै व्यक्ति नरहेको र दुर्घटनाको कारण अरु कुनै गाडी नरहेको अनुसन्धानबाट खुलेको छ ।