यसरी आफै दिनुहोस् दाजुभाई र दिदीबहिनीको ग्रिनकार्डका लागि आवेदन


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

यदि तपाईको उमेर २१ बर्ष पूरा भइसकेको छ र तपाईसँग अमेरिकी नागरिकता छ भने तपाईले आफ्ना दाजुभाई दिदीबहिनीहरुको अमेरिकी ग्रिनकार्डका लागि फाइल गर्न सक्नुहुन्छ ।

१ – सुरुमा आई १३० नामको फर्म भर्नुपर्छ । यो फर्म अमेरिकी सरकारको युएससीआईएसको वेवसाइटमा उपलब्ध छ । फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।  फर्म भर्ने तरिका, लाग्ने शुल्क र पठाउनुपर्ने ठेगानाबारे पनि त्यहाँ सिकाइएको छ । फर्म भर्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोला

२ – यदि तपाईको आफन्त दाजुभाई दिदीबहिनीहरु अमेरिकामा नै कानुनी रुपमा प्रवेश गरेर बस्दै आएको हुनुहुन्छ र स्टेटस एड्जस्ट गर्नुपर्ने छ भने आई ४८५ नामको फर्म भर्नुपर्छ ।

३ – उचित शुल्क सहित उपयुक्त ठेगानामा आई १३० नामको फर्म भरेर पठाइसकेपछि तपाईले युएससीआईएसबाट आई ७९७ नामको पत्र प्राप्त गर्नुहुनेछ । त्यो पत्रमा प्राथमिकता मिति उल्लेख गरिएको हुन्छ । फर्म पठाउने ठेगाना थाहा पाउन यहाँ क्लिक गर्नुहोला । 

४- दाजुभाई तथा दिदीबहिनीहरुका लागि ग्रिनकार्ड फाइल गर्दा निम्न कागजातहरु पठाउनु आवश्यक हुन्छ :

-भरेको आई १३० फर्म । तपाईले दिदीबहिनी वा दाजुभाईका दम्पत्ति वा २१ बर्षमुनीका छोराछोरीका लागि छुट्टै फर्म भर्नु आवश्यक छैन ।

-तपाईको जन्मदर्ता प्रमाणपत्र र तपाईका दाजुभाई तथा दिदीबहिनीको जन्मदर्ताको प्रमाणपत्र । यो प्रमाणपत्रमा बाबु वा आमामध्ये एउटा दुबैको एउटै देखिनुपर्छ ।

-तपाई अमेरिकी नागरिक हुनुको प्रमाण । जस्तै, अमेरिकी पासपोर्टको फोटोकपी वा नागरिकताको प्रमाणपत्र ।

-यदि तपाईको बुबा एउटै हो र आमा फरक फरक छन् भने बुबाको हरेक आमासँग विवाहको प्रमाणपत्र र पहिले गरिएको सम्बन्धविच्छेदको कागजात पेश गर्नु आवश्यक हुन्छ ।

५ – सबै डकुमेन्ट तयार पारिसकेपछि डकुमेन्टसहित भरेको आई १३० फर्म  $५३५ डलर शुल्कको चेक वा मनी अर्डर सहित पठाउनुपर्छ । चेक  U.S. Department of Homeland Security को नाममा लेख्नुपर्छ ।

६ – डकुमेन्ट प्राप्त गरिसकेपछि युएससीआईएसले डकुमेन्ट माग्न, अन्तरवार्ताका लागि बोलाउन पनि सक्छ । तपाईका दाजुभाई वा दिदीबहिनी अमेरिकाबहिर रहेको खण्डमा दूतावासको कन्सुलर अफिसमार्फत आप्रवासी भिसा प्रदान गरिन्छ ।

याद गर्नुहोस् फर्म भर्दा नाता, तपाईको नाम, जन्ममिति, ठेगाना, बैबाहिक स्थीति तथा जसको लागि आवेदन दिइएको हो उसको पूरा नाम, जन्ममिति, भौतिक ठेगाना र बैबाहिक स्थीति स्पष्ट खुलाएर मिति लेख्न र हस्ताक्षर गर्न नभुल्नुहोला ।

युएससीआईएसबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com