नेकपा सचिवालय बैठक केहीबेरमा, मन्त्री हेरफेर आजै


प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले केहीबेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गरिने जनाइएको छ ।

एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्न लागेको छ ।

प्रधानमन्त्रीले मन्त्रीपरिषद पुनर्गठन गर्ने निर्णय सुनाएपनि मिति नै चाँहि नतोकेको बैठकपछि एक मन्त्रीले बताए । प्रधानमन्त्री ओलीले पार्टीमा सवैलाई मिलाउनका लागि मन्त्रिपरिषद पुनर्गठन गर्नै जानकारी गराउँदै कार्वाही स्वरुप हटाएको रुपमा नबुझ्न र जो हटे पनि सहज रुपमा लिन निर्देशन समेत दिनुभएको छ ।

‘कुनै पनि मन्त्रीलाई कार्वाही गरेर हटाउन लागिएको होइन, अहिलेको आवश्यकताअनुसार काममा थप गति दिनसक्ने र नयाँलाई पनि प्राथमिकतामा राख्नुपरेकोले हेरफेर गर्न लागिएको हो,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाई थियो । बैठकमा प्रधानमन्त्री ओलीले कुन कुन मन्त्री हट्दैछन भन्ने बिषयमा समेत छलफलपछि टुंगो लगाउने बताएर कुनै जानकारी दिनुभएन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com