आज राती उल्कावर्षा चरमोत्कर्षमा, कसरी हेर्ने ?


प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार

आज राती उल्कावर्षा चरमोत्कर्षमा पुग्ने भएको छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा कस्मीक धुलोको धारालाई पार गरेर जानेक्रममा धुलोका कणहरु आकाशमा चम्किएको देखिनेछ । तपाईले यसरी आकाशमा चम्किएको उल्कावर्षा नांगो आँखाले समेत देख्न सक्नुहुनेछ ।

नोभेम्बर ६ देखि सकृय भएको उल्कावर्षा नोभेम्बर ३० सम्म जारी रहनेछ । तर चरमोत्कर्ष भने आइतबार रातीदेखि सोमबार विहानसम्म अर्थात् नोभेम्बर १७ देखि १८ सम्म हुनेछ ।

एकघण्टाको अवधिमा एकहजारभन्दा धेरै उल्काहरु देख्नसकिनेछ । अन्तिमपटक सन् २००२ मा लेओनिड्स यति धेरै सकृय भएको थियो । यसको पिता धु्रमकेतुलाई धुम्रकेतु मन्दिर वा टटल भनिन्छ । जसले सूर्यलाई हरेक ३३ बर्षमा परिक्रमा गर्छ ।

यदि तपाईले उल्कावर्षा देख्नुहुन्छ भने त्यो धु्रमकेतुको बरफिलो चोइटाहरु पृथ्वीको वायुमण्डलमा ठोकिदा देखिने पुञ्ज हो । धुम्रकेतुहरु खराब स्नोबल जस्तै हुन् ।

जब ती सोलार सिस्टममा यात्रा गर्छन्, तब उनीहरुले धुलोयुक्त टुक्रा र बरफहरु छाड्छन् जुन अन्तरिक्षमा तैरिएर रहन्छन् । जब पृथ्वी ती टुक्रा र बरफ हुँदै गुज्रन्छ, तब ती छरिएर आकाशमा देखिन्छन्, जसका कारण आकाशमा पुञ्जजस्तो देखिन्छ ।

आकाश खुलेको स्थानमा गएर नांगो आँखाले नै उल्कावर्षा देख्न सकिन्छ । उल्काबर्षा हेर्नका लागि अलिक अध्यारो स्थानमा जानु उपयुक्त हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com