अझै भेटिएनन् एकसाता अघि अमेरिकामा सम्पर्कविहीन २१ बर्षीय नेपाली युवा अमन


प्रकाशित मिति : बैशाख २२, २०८१ शनिबार

शनिबारदेखि बेपत्ता न्युयोर्कमा बस्दै आएका २२ बर्षीय युवा अमन खान अझै नभेटिएपछि नेपालमा रहेको परिवार थप चिन्तित भएको छ । नेपालमा रहेका उनका परिवारले खोजीका लागि सघाउन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ वडगाउँ शिवालयका २२ बर्षिय खान शनिबारविहानदेखि सम्पर्कविहिन भएको उनका बुबा अश्लम खानले खसोखासलाई जानकारी दिएका छन् ।

झण्डै डेढ बर्ष अगाडि अमेरिका आएका अमन खान न्युयोर्कमा बस्दै आएका थिए । उनी बाल्टिमोरको रेष्टुरेण्टमा काम पाइएको भन्दै न्युयोर्कबाट शुक्रबार रातीमात्र बाल्टिमोरतिर हिडेका थिए । छोराले आफू विहान डिसी पुगेको बताएको र त्यसपछि सम्पर्कविहीन भएको बुबा अश्लम खानले जानकारी दिएका छन् ।

विहान ९ बजेतिर भिडियोकल भएपछि छोरासँग सम्पर्क हुन नसकेको पर्वतको कुश्मामा रहेका अमनका बुवा अश्लमले जानकारी दिए । बुबा अश्लमका अनुशार २ छोरा र एक छोरी मध्ये जेठो छोरा अमन १६ महिना अघि टेक्सास हुदै अमेरिका प्रवेश गरेका थिए ।

पछिल्लो २ महिना देखि अमन बिरामी रहेको बुवा अश्लमले जानकारी दिए । मोवाइलमा रिचार्ज गरिदिनका लागि छोराले शनिबार बिहान भनेको र रिचार्ज गरिदिएपछि छोरासँग सम्पर्क हुन नसकेको भन्दै उनले अमेरिकामा रहेका नेपाली संघ संस्था र समुदायहरुलाई खोजीका लागि सघाउन अनुरोध गरेका छन् ।

आफ्नो कार्यालयमा आएको जानकारी अनुशार अमन शनिबार विहान युनियन स्टेशनमा आएको र त्यहाँबाट बेपत्ता भएको मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले जानकारी दिए । प्रहरीलाई युनियन स्टेशनमा पठाएपनि उनलाई फेला पार्न नसकिएको भण्डारीले बताए । आफूले डिसीको प्रहरीसँग यसबारे कुराकानी गरेको तथा आफ्नो कार्यालयले बस कम्पनीसँग सम्पर्क गरिरहेको तर फेला पार्न नसकिएको भण्डारीले बताए ।

अमनलाई हालै इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले हाजिर हुन सुचित गरेको समेत जनाइएको छ । खोजीका आइसमा सम्पर्क गरिएको तर उनलाई त्यहाँ पनि फेला पार्न नसकिएको भण्डारीले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com