नेपाली भुमि लिपुलेकको बारेमा भारत र चीनको यस्तो सम्झौता !


प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार

भारत र चीनबीच ६६ वर्षपहिल्यै नेपाली भूभाग लिपुलेकलाई ट्रेड लिंक व्यापारिक नाका बनाउने सम्झौता भएको तथ्य बाहिर आएको छ। सरकारले गुपचुप राखेको सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदनमा सन् १९५४ मा भारत र चीनबीच दुईपक्षीय सम्झौता भएको उल्लेख छ ।

सूर्यनाथ उपाध्याय संयोजकत्वमा गठित सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन। सीमाविद् एवं अध्ययन टोलीका सदस्य पुण्यप्रसाद ओलीले नेपाल र चीनबीच दुईपक्षीय सीमा सम्झौता नहुँदै भारत र चीनले नेपाली भूभागलाई व्यापारिक नाका बनाउने सम्झौता गरेको बताए।

सन् १९९९ मा भारतीय विदेशमन्त्री जसवन्त सिंहको चीन भ्रमणका बेला लिपुलेकलाई व्यापारिक नाका विस्तार गर्ने सहमति भएको थियो। सन् २००५ अप्रिल ११ मा भारत–चीनबीच नेपालको लिपुलेक भन्ज्याङलाई सीमा ‘मिलन विन्दु’ मान्ने सहमति भएको थियो।यस्तै सन् २०१५ मे १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला भारत र चीनबीच च्याङ्ला/लिपुलेक नाकाबाट ‘सीमा व्यापार’ अघि बढाउने सहमति भएको थियो।

सुगौली सन्धिअनुसार लिपुलेक नेपाली भूमि भए पनि भारत र चीनले अनुमतिबिना आफूखुसी सहमति गरेको सीमासम्बन्धी अध्येता रतन भण्डारी बताउँछन्। नापी विभागका पूर्वमहानिर्देशकसमेत रहेका सीमाविद् ओलीका अनुसार २०१८ असोज १९ ९सन् १९६०० मा नेपाल–चीन सीमा सम्झौता भएको थियो। सम्झौतामा नेपाल र चीनबीचको पश्चिमी सीमा महाकाली र तिंकर नदीको पानीढलोबाट सुरु भएको उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुगौली सन्धिमा ‘नेपालका श्री ५ महाराजधिराज मौसुफ स्वयंका लागि, मौसुफका उत्तराधिकारीहरू वा वारिसहरूका लागि काली नदीको पश्चिममा पर्ने देशहरूसितका सम्बन्ध र सम्पूर्ण दाबीहरू परित्याग गरिबक्सन्छ र ती देशहरू वा तिनका बासिन्दाहरूसित कहिल्यै कुनै चासो मौसुफबाट राखिबक्सने छैन’ भन्ने उल्लेख छ। सन् १९६०–१९६२ मा नेपाल–चीनबीच सात स्थानमा सीमांकन भएको थियो। यस्तै सन् १९७८ मा नेपाल–चीनको एक हजार ४१४ किलोमिटर दुरीको सीमांकन भएको थियो।

सीमाविद् ओलीले चीनले भारत र चीनबीचको लिपुलेक ट्रेड लिंक सम्झौताबारे पटकपटक नेपालसँग सोधे पनि यताबाट चासो नदिएको बताए। ‘चीनले समाधान गर्न खोजेको हो। चीनले हामीलाई त्यस विषयमा सोधिरहेको हुन्थ्यो,’ उनले भने, ‘तर हाम्रो पक्षले ध्यान नदिएकाले पुनः अर्को सम्झौता भएको हो।’

चीन र नेपालबीच सीमा सम्झौतालगत्तै सन् १९६२ मा भारत–चीन युद्ध भएपछि लिपुलेक रोकिँदै आएको थियो। २०७२ जेठ १ मा भारत र चीनले त्यही नेपाली भूभाग लिपुलेकलाई ट्रेड लिंक बनाउने गरी पुनः सम्झौता गरे। सीमाविद् ओलीले लिपुलेकलाई व्यापारिक नाका बनाउने सन् २०१५ को सम्झौता पहिलो नभएको बताए। भारतले लिम्पियाधुरा क्षेत्रको ३३५ र कालापानी क्षेत्रको ६० वर्गकिलोमिटर जग्गा अतिक्रमण गरेकै थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com