कात्तिक नाचको रोचक नर्सिङ नाच (फोटो फिचर )


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

कात्तिक नाच पाटनको कृष्ण मन्दिरमा मात्र देखाइने जात्रा हो । मल्लकालीन इतिहास बोकेको यो नाचले विष्णु पुराणमा भएका विभिन्न नृसिंह अवतारको प्रतिविम्ब गर्छ ।

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिन्छ । विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा साताभर पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरू प्रस्तुत गरिन्छ । उक्त डवलीलाई कात्तिक डवली पनि भनिन्छ ।

१६९७ मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरू तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सो नाच चलाएका थिए ।

सुरुमा सो नाच कृष्णलिलामा आधारित थियो । त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्तिक महिना कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो । यो नाच २००७ सालको परिवर्तनपछि दुई दिनमा सीमित हुन पुगेको थियो । अहिले केही दिन लम्ब्याइएको छ ।

दीपेन्द्र ढुंगानाको फोटो फिचर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com