सिलेब्रेशन - Page 4 of 35 - KHASOKHAS

सिलेब्रेशन

मेरिल्याण्ड हाउस अफ डेलिगेटमा निर्वाचित भण्डारीको सम्मानमा विजय उत्सव पार्टी (फोटो फिचर)

मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेटमा निर्वाचित हयारी भण्डारीको विजय उत्सव पार्टी गरिएको छ । फ्रेण्डस अफ हयारीको आयोजनामा भण्डारीको सम्मानमा मेरिल्याण्डमा उत्सव मनाइएको हो । कार्यक्रममा डेमोक्रयाट पार्टीकी मेरिल्याण्ड स्टेटको पार्टी चेयर माआ कमिङ्गस, वाल्टिमोर काउन्टीको लेजिसलेटिभ चेयर प्याट योङ्ग लगायत मेरिल्याण्डका नागरिक अगुवाहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा न्यूयोर्क,न्यूजर्सी,भर्जिनिया,विसकन्सिन,टेक्सास लगायतका स्थानवाट पनि नेपालीहरु सहभागी …

‘गोपी’माथि श्रम मन्त्री गोकर्ण बिष्टको चासो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ‘गोपी’ फिल्मको टिमसँग भेटघाट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार उनले फिल्मका कलाकार निर्माता तथा निर्देशकलाई भेटेका हुन् । मन्त्री विष्टसँगको भेटघाटमा फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी थिए । …

ग्लोबल नेपाली फिल्म अवार्ड : स्टार अफ द इयर प्रदीप, सर्वोत्कृष्ट अभिनेता रमेश, सर्वोत्कृष्ट अभिनेत्री निता

तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा शनिबार राती भव्य समारोहबीच सम्पन्न सो अवार्ड समारोहमा यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुईमान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन् । यस्तै स्टार अफ द इयरको अवार्ड अभिनेता प्रदीप खड्काले हाँसिल गरेका छन् । उनको २०७४ मा प्रेम गीत २ र लिली …

४० बढीलाई रोजगारी दिदै मासिक ४० लाखसम्मको अचार बेच्ने बसुमाया

नेपालमा अवसर छैन भनेर विदेशिनेहरुको लागि अथवा नेपालमै केहि गर्थे तर लगानी छैन भन्नेहरुको लागि बसु माया तामाङ राम्रो उदाहरण हुन सक्छिन । जसले नेपाली मन उद्योग सञ्चालन गरेर ४०-५० भन्दा बढि महिलाहरुलाई प्रत्यक्ष रोजगारी दिईरहेकी छिन् । उनको उद्योगबाट टिमुरको छोप तथा विभिन्न थरिका अचारहरु उत्पादन हुँदै आईरहेका छन् । यी उत्पादनहरु अमेरिका, जापान, …

प्रहरी प्रमुखमा सर्बेन्द्रका ९ महिना, अपराध नियन्त्रणदेखि प्रहरीको स्तरोन्नतीसम्म २१ सफलता

सर्बेन्द्र खनालले नेपाल प्रहरीका प्रमुखका रुपमा जिम्मेबारी सम्हालेको ९ महिना पुग्दैछ । यो अवधिमा खनालको नेतृत्व आइसकेपछि नेपाल प्रहरीले कैयन महत्वपूर्ण उपलब्धीहरु पनि हासिल गरेको छ । कतिपय सन्दर्भमा आलोचना खेप्नु परेपनि खनालको नेतृत्वमा नेपाल प्रहरीले गरेका उपलब्धीहरुलाई कम आँकलन गर्न मिल्दैन । ९ महिनाको अवधिमा प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालको कार्यकालमा के कस्ता कामहरु भए …

पत्रकार डण्ड गुरुङको ‘निरन्तर नेतृत्व’ प्रधानमन्त्रीबाट विमोचन

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’ को विमोचन गरेका छन् । तमू ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले पुस्तकले समाजका लागि सकारात्मक सन्देश दिने बताए । समाजमा लेखेर योगदान दिने काममा अझ अग्रसर हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । …

न्युयोर्क निवासी कवयित्री शकुन ज्ञवालीले ल्याइन् “भन्दिनु है बा!”

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बागमती समितिले आयोजना गरेको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टर उपाध्यक्ष लोक दोहोरी र तीजगीतको गायिका गीतकार एवम कवयित्री शकुन ज्ञवालीको नविनतम कवितासँग्रह “भन्दिनु है बा!”को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीज्यूले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन सहित कवितासङ्ग्रहको विमोचन गर्नु भएको हो । विमोचित …

गीता खत्रीको अध्यक्षतामा अनेसास बोर्ड अफ ट्रस्टी नयाँ कार्यसमिति

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीज (बिओटी) को २०१८–२०२२ को नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । बिअटीको निवार्चन हरेक चार वर्षमा हुने गदर्छ । निर्वाचन परिणाम अनुसार अध्यक्ष पदमा गीता खत्री, सचिबमा शिव लामीछाने, कोषाध्यक्षमा राम लामा अविनासी र सदस्यमा तीर्थराज अधिकारी तथा पुरस्कार समितिको अध्यक्षमा डा. गोपी उप्रेती निर्विरोध तथा उपाध्यक्ष पदमा पदम विश्वकर्मा ४० मत र पुरु सुवेदी ३२ मत प्राप्त गरि विजयी …

मेरिल्याण्ड राज्य सरकार सञ्चालन कमिटिमा ह्यारी भण्डारी चयन

अमेरिकाको मेरिल्याण्ड जनरल एसेम्वलीका सभामुखको अफिसले डिष्ट्रिक आठवाट निर्वाचित हयारी भण्डारीलाई सरकार सञ्चालन तथा स्वास्थ्य समिति (हेल्थ एण्ड गभरमेन्ट अपरेशन)को सदस्यमा नियुक्त गरेको छ । यो समितिले मेरिल्याण्ड राज्य सरकारको सञ्चालनको विभिन्न पाटाहरु तथा नागरिकको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य सम्वन्धि कानून तर्जुमा र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हाउसमा पाँच वटा मुख्य कमिटिहरु हुन्छन् …

वर्ल्ड ट्रेड सेन्टरलाई पृष्ठभूमिमा राख्दै न्युजर्सीमा सधैका लागि नेपालको झण्डा फहराईदै, नेपाल १२ औं देश

न्युयोर्कको म्यानहटनको वल्र्ड ट्रेड सेन्टरलाई पृष्ठभूमिमा राख्दै न्युजर्सीको एक्सचेन्ज प्लेसमा स्थायी रुपमा नै नेपालको झण्डा फहराईने भएको छ । न्युयोर्कको म्यानहटनदेखि पारीपट्टी जर्सी सिटीको एक्सचेन्ज प्लेसमा आफ्नो देशको झण्डा फहराउनेमा नेपाल १२ औं देश हुने भएको छ । जर्सी सिटी मेयरकी सल्लाहकार डाक्टर विष्णुमाया परियारको विशेष पहलमा उक्त स्थानमा नेपालको झण्डा फहराउन लागिएको हो । …

WP Facebook Auto Publish Powered By : XYZScripts.com