मिस्टर एण्ड मिस ग्लामर लुम्बिनी बने युकेश मगर र अप्सरा मगर


प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार

मिस्टर एण्ड मिस ग्लामर लुम्बिनी सिजन २ को ताज युकेश मगर र अप्सरा मगरले पहिरिएका छन् । शनिबार बुटवलको दरबार लाउन्जमा आयोजित प्रतियोगितामा उनीहरुले उपाधी जितेका हुन् ।

प्रतियोगितामा फस्ट रनर अप यमुना घिमिरे र प्रतिक पन्थ, सेकेण्ड रनर अप अमृत थडारी र सजमिन क्षेत्री भए । दर्शकको च्वाइसमा टोनी मगर र आयोजकको च्वाइसमा अज्जु गुरुङ र रञ्जना केसी परे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिस्टर मोडल अफ द वल्र्ड दिक्पाल कार्की प्रमुख जज रहेको प्रतियोगिताका अन्य जजहरुमा प्रकाश कुँवर, कविता पुन, सिता न्यौपाने र अमित बाबु कुँवर थिए ।

कार्यक्रममा ज्योति मगरको विशेष प्रस्तुती थियो । एके इनोभेशनको आयोजनामा भएको प्रतियोगितामा सीईओ अन्जान कुँवरले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

त्यस्तै कार्यक्रममा मुख्य जज तथा मोडल दिक्पाल कार्कीले स्थानीय स्तरबाट प्रतिभा खोजेर यसरी नै राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म अगाडि बढ्न मद्दत पुगोस् भन्ने हेतुले कार्यक्रममा सहभागी भएको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com