न्युयोर्कका रक्तदाता मैनालीलाई न्युयोर्क ब्लड सेन्टरबाट ‘प्रेसिडेन्ट अवार्ड’


प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार

अमेरिकामा रहेका चर्चित नेपाली मुलका रक्तदाता अर्जुन मैनालीलाई न्युयोर्क ब्लड सेन्टरका तर्फबाट प्रेसिडेन्ट अवार्ड प्रदान गरिएको छ । न्युयोर्क ब्लड सेन्टरका अध्यक्ष डा. क्रिष्टोफर हिल्लिएरले समुदाय र मानवताका लागि मैनालीको अविश्वसनीय र वीरतापूर्ण सेवा र योगदानको कदर गर्दै प्रेसिडेन्ट अवार्ड प्रदान गरिएको जानकारी दिएका हुन् ।

कोरोना महामारीको बेलामा रगत संकलनको धेरै चुनौति रहेको र यस्तो बेलामा समेत मैनालीले गरेको रक्तदान र दान समुदायको हित र सुरक्षाको लागि अविश्वासनिय रुपमा महत्वपूर्ण रहेको भन्दै अध्यक्ष डा हिल्लिएरले धन्यवाद ज्ञापन गरेका छन् ।

न्युयोर्क ब्लड सेन्टरका अध्यक्ष डा. क्रिष्टोफर हिल्लिएर

कोरोना महामारीमा रक्तदान गर्न नहुने र गरेमा रक्तदान गर्दा शरीरको प्रतिरक्षा प्रणाली कम हुने भ्रमका कारण धेरैले रक्तदान नगरेको अवस्थामा मैनालीले भने नियमित रक्तदान गरेका थिए । बिरामीहरु बचाउन यस्तै गाह्रो परिस्थितीमा झन बढी रक्तदान गर्नु पर्छ भनेर आफूले महामारीमा पनि निरन्तर रक्तदान गरेको मैनालीले बताए ।

मैनालीले अप्रिल २४, २०२० देखी जनवरी १२, २०२१ को बीचमा २३ पटक रगत र प्लेट्लेट्स दान गरेका थिए । ८ महिनाको अबधिमा उनले ११ लिटर रक्तदान गरे । मैनालीले विश्वका १७ देशमा १९५ पटक रक्तदान गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मैनालीले भने ‘मेरो आफ्नै रगतले धेरै जनालाई बचाउन सहयोग मिलेकोमा धेरै खुशी लागेको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com