ओबामाले पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे नेटफ्लिक्ससँग मिलेर चलचित्र बनाउने


प्रकाशित मिति : माघ २४, २०७७ शनिबार

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको प्रोडक्सन कम्पनी ‘हाइअर ग्राण्ड प्रोडक्सन’ले नेटफ्लिक्सका लागि पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको बारेमा चलचित्र बनाउने भएका छन् । नेटफ्लिक्ससँगको सहकार्यमा ओबामाको प्रोडक्सन कम्पनीले उक्त चलचित्र निर्माण गर्न लागेको नेटफ्लिक्सले जनाएको छ ।

एडमण्ड हिलारीका साथमा तेन्जिङ नोर्गे शेर्पा

यो चलचित्रको स्क्रिप्ट एड डग्लसको पुस्तक ‘तेन्जिङ, हिरो अफ एभरेस्ट’ मा आधारित रहने जनाइएको छ । यसको निर्देशन जेनिफर पिडमले गर्ने जनाइएको छ ।

उक्त चलचित्रको नाम तेन्जिङ हुने जनाइएको छ । तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सगरमाथाको सफल आरोहण गरेका थिए।

तेन्जिङ नोर्गे शेर्पाको शालिक

सोलुखुम्बुमा सन् १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका हुन्। उनले १९ वर्षकै उमेरदेखि आरोहण शुरु गरेका थिए। उनको ७१ वर्षको उमेरमा सन् १९८६ मे ९ मा भारतको दार्जिलिङमा मृत्यु भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्देशक जेनिफर पिडम

तेन्जिङ नोर्गे शेर्पा सोलुखुम्बुको थामे भन्ने ठाउँमा जन्मेका हुन्। उनी बाबुआमाका तेह्र सन्तानमध्ये एघारौं थिए । हिमाली छायाका चरनहरूमा याक डुलाउँदै उनको बाल्यकाल बितेको थियो। अठार वर्षको उमेरमा तेन्जिङ दार्जिलिङ हिँडेका थिए। दार्जिलिङमा मजदुर भएर उनले बीस वसन्त काटेका थिए।

बराक ओबामा र मिशेल ओबामा

हिमाल आरोहणबाट फर्केपछि तेन्जिङले दार्जिलिङस्थित हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट नामक संस्थाको फिल्ड टे«निङ निर्देशक भएर काम गरेका थिए। यो भूमिका उनलाई भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले दिलाएका थिए । सन् १९५४ देखि सन् १९७६ सम्म त्यहाँ काम गर्दा उनले कैयौंलाई आरोहण तालिम दिएका थिए।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com