विश्वकै सबैभन्दा बढी उमेरकी केन तानाका ११८ बर्षमा प्रवेश


प्रकाशित मिति : पुस १२, २०७७ आईतबार

विश्वकै सबैभन्दा बढी उमेरकी जीवित महिला जापानकी केन तानाका ११८ बर्षमा प्रवेश गरेकी छिन् । गिनिज विश्व रेकर्डले उनलाई गतबर्ष विश्वकै सबैभन्दा बढी उमेरकी महिलाको रुपमा दर्ज गरेको थियो ।

शनिबार ११८ बर्ष प्रवेश गरेकी उनी सन् १९०३ मा जन्मिएकी हुन् । जुन बर्ष राइट दाजुभाईले विश्वमा उडानका क्षेत्रमा इतिहास कायम गरेका थिए ।
नर्सिंग होममा कर्मचारीहरु र साथीहरुका माझमा उनले जन्मदिन मनाएकी हुन् ।

गतबर्षको मार्च ९ मा गिजिज बुकले तानाका विश्वकै सबैभन्दा बढी उमेरकी जिवित व्यक्ति रहेको भन्दै रेकर्ड दर्ता गराएको थियो । तानाकाले सन् १९२२ मा विवाह गरेकी थिइन् ।

तानाका विहान ६ बजे उठ्ने गरेको जनाइएको छ । त्यसपछि उनले बोर्डगेम ओथेले खेल्ने गर्छिन् । आफ्नो लामो आयुको रहस्य राम्रो खाना र गणितको अभ्यास  तथा अध्ययन रहेको तानाकाले बताएकी छिन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com