नेटफ्लिक्स सिरिज ‘द मिडनाइट क्लब’ मा नेपाली मूलका युवा सौरियन सापकोटा मुख्य भूमिकामा


प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार

नेटफ्लिक्स सिरिज ‘द मिडनाइट क्लब’ मा अमेरिका निवासी नेपाली मूलका युवा सौरियन सापकोटाले  अभिनय गर्ने भएका छन् । उक्त सिरिजमा सापकोटा मुख्यमध्येका एक कलाकार रहेको जनाइएको छ ।

सौरियन सापकोटा

१९ वर्षीय उनी हाल न्युयोर्क  युनिर्भसिटीमा अभिनय मुख्य विषय लिएर दोस्रो वर्षमा अध्ययनरत छन् । उक्त सिरिज क्रिस्टोफर पाइकको बेस्ट सेलिङ उपन्यास द मिडनाइट क्लबमा आधारित रहेको र केही महिनामा नै छायांकन सुरु हुने जनाइएको छ ।

माइक फ्लानागन र लेह फंगले निर्देशन गर्ने उक्त सिरिजका मुख्य कलाकारको नाम फ्लानागनले सोमबार ट्वीटरमार्फत घोषणा गरेका थिए । जसमा सौरियन सापकोटाको नाम समेत उल्लेख गरिएको छ ।

यो सिरिज क्रिस्टोफर पाइकको उपन्यासमा आधारित रहेको छ भने यो हरर सिरिज हो । १० भागको यो सिरिजमा तर्साउने कथाहरुलाई समेटिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सिरिजको छायांकन क्यानडामा हुने र त्यसका लागि सौरियनले न्युयोर्क युनिभर्सिटीबाट एक सेमेस्टर विदा लिनुपर्ने उनका पिता डाक्टर सञ्जिव सापकोटाले जनाएका छन् ।

सर्टमुभी लुलामा अभिनय गर्दै सौरियन

सौरियन अभिनयमा आफ्ना पिता सञ्जिवबाटै प्रभावित भएको जनाइएको छ । सापकोटाको पुख्यौली थलो नेपालको बिराटनगर हो । अमेरिकामा उनीहरु लरेन्सभिल जर्जियामा बस्दै आएका छन् ।

सौरियन सापकोटाले निर्देशन, अभिनय र सम्पादन गरेको सर्टमुभी : 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com