पर्वतारोहीलाई श्रीमती पाउन गाह्रो


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ।

सो विद्यालयको ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केबल दुई विद्यार्थीले मात्र ‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भनेका छन्।

दशैं–तिहारको लामो बिदापछिको पहिलो दिन गत आइतबार विद्यालय आएका सीमित विद्यार्थीमध्ये सर्वेक्षणमा सहभागी हुन चाहने विद्यार्थीमा गरिएको यस सर्वेक्षणमा १० छात्रा र १७ छात्र सहभागी थिए।

सहभागीमध्ये पर्वतारोहणमा विश्वप्रसिद्ध मानिएको जाति शेर्पा समुदायबाट १० छात्र र चार छात्रा सहभागी थिए भने अन्य सहभागी राई र तामाङ समुदायका बढी थिए।‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भन्ने दुई मात्र शेर्पा छात्र कक्षा १० मा अध्ययनरत छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरूले पर्वतारोहण गर्न इच्छा देखाउनुको कारणमा ‘यो बहादुरीको काम हो, नेपाललाई हाम्रा बाबु–बाजेले यही काम गरेर चिनाए, हामीले पनि चिनाउनुपर्छ’ भनेका छन्।

तर, सर्वेक्षणको रमाइलो पक्ष के थियो भने चार शेर्पा छात्रासहित सहभागी १० छात्रालाई तपाईं कस्तो श्रीमान् वा जीवनसाथी चाहनुहुन्छ भनेर गोप्यरूपमा लेखेर दिन भनिएकोमा कसैले पनि ‘म पर्वतारोही श्रीमान् चाहन्छु’ भनेनन्।

पाँच जनाले मेडिकल डक्टर, तीन जनाले पत्रकार र दुई जनाले इन्जिनियर श्रीमान् वा जीवनसाथी भइदिए हुन्थ्यो भन्ने इच्छा प्रकट गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com