अस्ट्रेलियामा महिला फुटबल खेलाडीलाई पुरुष सरह पारिश्रमिक


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ ।

फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए) ले घोषणा गरेको नयाँ विधि अनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर र एली कार्पेन्टरले सकरुजका चर्चित पुरुष खेलाडीहरु आरोन मूए र म्याट र्याएन सरह पारिश्रमिक प्राप्त गर्नेछन् ।

महिला खेलाडीहरुले पुरुषझैं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाँदा विमानमा “बिजनेस क्लास”को टिकट पाउने छन् ।

अस्ट्रेलियाको यस निर्णयले अमेरिकी महिला फुटबल खेलाडीलाई पनि प्रोत्साहन मिल्नेछ किनभने उनीहरुले पनि अमेरिकी पुरुष फुटबल खेलाडी सरह पारिश्रमिकको माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरुको यस मुद्दामा अर्को वर्ष मे महिनामा सुनुवाई हुँदैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्तराज्य अमेरिकाले यसै वर्ष फ्रान्समा आयोजित महिला विश्वकप प्रतियोगिता जितेको थियो । फाइनल खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्नेक्रममा “समान ज्याला”को नारा रंगशालामै गुन्जिएको थियो ।

अस्ट्रेलिया फुटबल एसोसिएसनका अध्यक्ष क्रिस निकोउले भन्नुभयो – फुटबल सबैको खेल हो, र यो नयाँ साझा सम्झौताले समानता, समावेशिता र अवसरका क्षेत्रमा अस्ट्रेलियाली मूल्यमान्यतालाई अझ बलियो बनाएको छ ।

चार वर्षे यस सम्झौता बमोजिम सकरुज (पुरुष) र माटिल्डा (महिला) टिमले राष्ट्रिय टिमले गर्ने कूल आम्दानीको २४ प्रतिशत प्राप्त गर्नेछन् र यो हरेक वर्ष १ प्रतिशत वृद्धि हुनेछ । अर्को शब्दमा उनीहरुले जति बढी सफल हुनसके भुक्तानी पनि त्यसै अनुपातमा बढ्नेछ ।

एफएफएका प्रमुख डेभिड ग्यालोपले सकरुजले महिला फुटबल टिमलाई पनि आम्दानी बाँड्न इच्छा देखाएको जानकारी दिनुभयो । अस्ट्रेलियाली पुरुष फुटबलका कप्तान मार्क मिलीगानले महिलाहरु पनि आम्दानीको समान हकदार रहेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com