२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

अर्घाखाँचीमा कार दुर्घटना एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ६ दहखोलामा कार दुर्घटना हुदाँ एकै घरका तिन जनाको मृत्यु भएको छ । पाणिनि गाउँपालिका वडा नं.८ घर भई हाल सैनामैना बस्दै आएका वर्ष ८० का दुर्गादेवी खड्काको मृत्यु भएको हो । वर्ष ४३ का भक्तबहादुर खड्का र वर्ष ३९ का तिलबहादुर खड्काको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एकै घरका आमा सहित दुई छोराको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । गाडि चालक वर्ष ४९ का गंगाबहादुर खड्का र वर्ष २५ का विनोद खड्का गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बुटवल पठाईएको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।