शुक्रबार न्युयोर्कको तापक्रम माइनस २ डिग्री सेल्सियसभन्दा तल झर्ने
प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार
आगामी शुक्रबार विहान न्युयोर्कको तापक्रम माइनस २ डिग्री सेल्सियसभन्दा तल झर्ने मौषमविदहरुले जानकारी दिएका छन् । शुक्रबार विहान ८ बजे मतापक्रम घटेर माइनस २ डिग्रीमा झर्ने जनाइएको छ ।

शनिबार पनि चिसो सिरेटो चल्ने र शुक्रबार हिउँका झोक्काहरुको समेत सामना गर्नुपर्ने हुनसक्ने मौषमविदको भनाई छ । यद्यपी निकै चिसो हुने भएकाले न्यानो कपडा लगाउन सुझाव दिइएको छ ।

युरोपियन मोडलले आगामी शुक्रबारविहानसम्म न्युयोर्क र आसपासका राज्यमा हिमपात हुनसक्ने देखाएको हो । तर हिउँका केही फोकाहरु पर्नसक्ने अनुमान गरिएपनि ठूलो हिमपातको भने तत्काल सम्भावना छैन ।








