न्युयोर्कको तापक्रम ७ महिना यताकै चिसो, शुक्रबार हिमपात हुनसक्ने
न्युयोर्कको तापक्रम सोमबार विहान ७ महिना यताकै चिसो भएको जनाइएको छ । सोमबार विहान न्युयोर्कको तापक्रम ३७ डिग्री फरेनहाइटसम्म तल झरेको थियो ।
झण्डै ७ महिना अगाडि अप्रिल ६ मा न्युयोर्क सिटीको तापक्रम यति तलसम्म झरेको थियो । त्यसपछि क्रमश न्युयोर्कको तापक्रम बढ्दै गएको थियो । तर जाडो बढ्दै जाँदा न्युयोर्क क्रमश चिसिदै गएको छ ।

सोमबार दिउसो भन्दा न्युयोर्कको तापक्रम औषतमा ५० डिग्री फरेनहाइट पुगेको थियो । दिउसोदेखि बादल मिसिन सुरु गर्ने र मंगलबार विहान सिमसिम वर्षा हुनसक्ने मौषमविदहरुले जानकारी दिएका छन् । मंगलबार अमेरिकामा चुनावको दिन हो ।
युरोपियन मोडलले आगामी शुक्रबारविहानसम्म न्युयोर्क र आसपासका राज्यमा हिमपात हुनसक्ने देखाएको छ । तर हिउँका केही फोकाहरु पर्नसक्ने अनुमान गरिएपनि ठूलो हिमपातको भने तत्काल सम्भावना छैन ।
वेदर च्यानलले पनि अर्को हप्ताको बुधबार र विहिबार सामान्य हिमपात हुनसक्ने देखाएको छ । अर्कोसाता सामान्य वर्षाको सम्भावना पनि देखिएको छ ।





