पाटनको कृष्ण मन्दिरको संरक्षणका लागि अमेरिकाले दियो डेढकरोड (१८ तस्वीर)


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

वि.सं. २०७२ सालको महाभूकम्‍पमा गम्भीर रूपमा क्षतिग्रस्त अष्‍टकोणीय पाटन कृष्ण मन्दिरको संरक्षणका लागि अमेरिकी दूतावासले सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) मार्फत काठमाडौँ उपत्यका संरक्षण कोषलाई एक लाख ५० हजार अमेरिकी डलर (झण्डै डेढ करोड नेपाली रुपैया) प्रदान गरेको छ ।

पाटन दरबार क्षेत्रमा आयोजित एक समारोहका बिच नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरी, अन्तर्राष्‍ट्रिय धार्मिक स्वतन्त्रताका लागि राजदूत स्याम ब्राउनब्याक, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम, र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पुनर्स्थापना र संरक्षण कार्य सुरुवातको उत्सवमनाउ गर्नुभयो ।

एएफसीपीको रकमले शिखर शैलीको उक्त अष्‍टकोणीय कृष्‍ण मन्दिरको भूकम्पीय सुदृढीकरण तथा संरक्षणमा सहयोग पुर्‍याउनेछ । सन् १७२३ मा निर्मित उक्त मन्दिर भगवान् कृष्‍णप्रति समर्पित छ र यसमा प्रस्तरकलाको एक अभिनव स्वरूपको प्रयोग गरिएको छ जुन दक्षिण एसियामै अतुलनीय छ । यो संरक्षण कार्य दुई वर्षभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।

“यो कार्यक्रमले नेपालको सांस्कृतिक सम्पदाप्रति अमेरिकी सम्मानको गहिराई दर्साउँछ,” राजदूत बेरीले भन्नुभयो । “सन् २००३ को हाम्रो पहिलो एएफसीपी परियोजना, काल भैरव, देखि पछिल्लो समयको यस कृष्ण मन्दिर पुनर्स्थापनासम्म, नेपालका अद्वितीय र अपूरणीय सम्पदाको संरक्षण गर्ने प्रयासहरूमा नेपालको गौरवशाली साझेदार रहिआएको छ अमेरिका ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महानिर्देशक गौतमले अमेरिकी दूतावासका प्रयासहरूका दिगो प्रभावमाथि प्रकाश पार्नुभयो । “नेपालको सांस्कृतिक सम्पदाका क्षेत्रहरूको पुनर्स्थापना र संरक्षणमा अमेरिकी सरकारको सहयोगप्रति हामी आभारी छौँ । गद्दी बैठकदेखि पाटन राजदरबार र यस मन्दिरसम्म एएफसीपीमार्फत प्राप्‍त रकमले नेपाल सरकारको भूकम्पपछिका सांस्कृतिक सम्पदा पुनर्स्थापना प्रयासहरूमा ठुलो सहयोग पुर्‍याएको छ ।”

श्रोत : अमेरिकी दूतावास

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com