२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

छिमेकीसँगको सम्बन्ध विचार दर्शनका आधारमा हुँदैन : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले  छिमेकी मुलुक भारत, चीन लगायत देशसंगको सम्वन्धलाई  तुलनागर्न नमिल्ने बताउनु भएको छ ।

आज परष्ट्रमन्त्रालयले आयोजना गरेको संचारमाध्यमका सम्पादकहरु संगको छलफलमा मन्त्री ज्ञवालीले छिमेकी मुलुक संगको सम्वन्ध नयाँ उचाइमा पुगेको बताउनु भएको हो ।

परराष्ट्रमन्त्री ज्ञवालीले अहिले अन्तराष्ट्रिय सम्बन्धलाई राम्रो बनाउदै लगेको र विचार र सिद्धान्तका आधारमा सम्वन्ध विस्तार नहुने बताउनुभयो । उहाले परिर्वतनशिल विश्वमा  भारत र चीन संगको सम्वन्धलाई तुलना  गर्न नमिल्ने बताउदै विचार र दर्शनका आधारमा कुटनीतिक सम्वन्ध राख्ने समय बदलिएको समेत उहाले दावी गर्नुभयो ।

उहाले कार्यक्रममा नेपालमा लगानी गर्नको लागी महत्वपुर्ण विकाश साझेदार मुलुकहरुसंग आग्रह गरिरहेको तथा सकरात्मक प्रतिक्रिया आएको समेत बताउनुभयो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।