सिन्धुपाल्चोक बस दुर्घटना, ४७ घाइतेको धुलिखेल अस्पतालमा उपचार


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

सिन्धुपाल्चोकको सुकुटेमा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा परी घाइते भएकाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ अरनिको राजमार्गस्थित सुकुटेमा दुर्घटना हुँदा बस सुनकोशी नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेल अस्पतालमा उपचार भइरहेकामध्ये १४ जना उपचारपश्चात् घर फर्किसकेको र चार जनालाई थप उपचारका लागि काठमाठौं पठाइसकेको छ ।

घाइतेका अनुसार भैँसेमा खाना खाएपछि गुडेको गाडी तीव्र गतिमा रहेको र सुकुटेमा आइपुगेपछि गाडी बल्ड्याङ खाएर नदीमा खसेको थियो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीव्रगति र बढी लोडका कारण दुर्घटना

सो गाडीमा यात्रारत रहेका घाइतेका अनुसार क्षमताभन्दा बढी लोड गाडी तीव्रगतिमा चलाएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हो । सुनकोशी गाउँपालिका–६ सानुपाखरका घाइेत लोकबहादुर थापाका अनुसार भैँसेमा खाना खाएपछि गाडी एकदम तीव्रगतिमा गुडाएको थियो । यता सुकुटे आइसकेपछि घुम्ती जस्तो ठाउँमा एकपटक घटक्क गरेको आवाज सुन्नेबित्तिकै एकैचोटी बल्ड्याङ खाएर गुल्टेको उहाँले बताउनुभयो ।

“गाडी एक्कासी गुल्टेपछि नदीमा डुब्यो । म चाहिँ सिट पन्छाएर बाहिर निस्केपछि पाँच जनाजति महिला र पाँच जना बच्चालाई तानेर निकालँे । त्यसपछि आफैँ श्वास फेर्न नसकेपछि फर्केर हेर्दा आफ्नै बूढी पनि छट्पटिएर बसेको रहेछ”, उहाँले भन्नुभयो, “बल्लबल्ल उनलाई तानेर बाहिर ल्याएर माथि आएपछि ट्रकमा चढेर अस्पताल आएको हुँ ।”


घाइते भेट्न जनप्रतिनिधि अस्पतालमा

दुर्घटनामा परी घाइते भएकाको अवस्था बुझ्न दोलखाका जनप्रतिनिधि धुलिखेलस्थित अस्पतालमा आइपुग्नुभएको छ ।

अस्पतालमा उपचार गराइरहेको घाइतेहरुको अवस्था बुझ्न दोलखाका पूर्वपर्यटनमन्त्री आनन्द पोख्रेल, सङ्घीय सांसद पार्वत गुरुङ र शैलुङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष किरण बस्नेत लगायतले घाइतेको उपचारमा सहज बनाउन र आवश्यक व्यवस्थापनका लागि सहयोग भइरहेको बताउनुभयो । पूर्वमन्त्री आनन्द पोख्रेलले घटनामा घाइते भएकाका उपचारमा अस्पताल व्यवस्थापनपक्षसँग र अरनिको यातायातसँग पनि कुरा गरिसकेको बताउनुभयो ।

दोलखा जिल्लाबाट सङ्घीय सांसद पार्वत गुरुङले घाइतेहरुको उपचारका लागि आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको बताउनुभयो । घाइतेको उद्धार र निःशुल्क उपचारको व्यवस्थाका निम्ति लागिरहेको उहाँको भनाइ छ ।

शैलुङ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष किरण बस्नेतले यातायात प्रालीले दुर्घटनाप्रति बेवास्ता गरेको बताउनुभयो । एकातिर घाइते धेरै भएकाले अस्पतालमा उपचारमा समस्या हुनु र अर्काेतिर समितिका कुनै पनि मान्छे घटना घटेको चार घण्टा बितिसक्दासमेत कोही कसैले अवस्था बुझ्न नआएको उहाँले बताउनुभयो ।

बस दुर्घटनाप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी दोलखाको देउरालीबाट काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ नंको बस सुनकोशी नदीमा खस्दा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । दुर्घटनामा झण्डै एक दर्जन मानिसको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

सभापति देउवाले दुर्घटनामा मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । काङ्ग्रेसले बेपत्ताको खोजी तथा घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

मृतक १७ मध्ये १४ जनाको सनाखत

दुर्घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ।ज्यान गुमाउनेमा बाह्र महिला र पाँच पुरूष छन्। जसमा एकजना शिशु समेत रहेको बताइएको छ।

दुर्घटनासँगै थुप्रै यात्रुहरू खोलामा बगेको बताइएको छ। ९ वटा शव बगाएर लगेको अवस्थामा फेला पारिएको थियो।  चार जनाको मृत्यु घटनास्थलमै भएको थियो भने बाँकी चारको उपचारको क्रममा ज्यान गएको थियो।

मृतकहरूमध्ये १४ जनाको सनाखत भएको छ। जसमध्ये १२ दोलखाका छन् भने २ काभ्रेका छन्। बसलाई क्रेनको सहायताले नदी किनारमा ल्याइएको छ। यात्रुहरू बगेको समेत हुनसक्ने आशङ्कामा उद्धारमा र्‍याफ्टिङमा प्रयोग हुने डुङ्गाहरू समेत प्रयोग गरिएको थियो।

नदीमा बस उल्टो परेको अवस्थामा फेला परेको थियो।जसले गर्दा पानीमा डुबेको बसभित्र यात्रुहरू अल्झिएको प्रत्यक्षदर्शीहरूले बताए। तिहार र छटपर्वको विदा सकिएसँगै शैक्षिक संस्थाहरू खुल्ने समय भएकोले बिचबाटोमा काठमाण्डू फर्किने विद्यार्थीहरू बसमा थपिएको हुनसक्ने प्रहरीको आशङ्का छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com