बोस्टनमा धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम गरिने


प्रकाशित मिति : फाल्गुन २२, २०७३ आईतबार

विजय थापा ,वाशिंगटन डीसी

अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि “धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम “नाम कार्यक्रम गर्ने भएका छन् l

मातृभूमि लाई परेको दुखमा ऐक्यबद्धता र आफ्नो क्षमता अनुसार बेला बेलामा सहयोग गर्दै आई रहेका ती समूहले संचार माध्यममा बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि अर्थको संकट भन्ने जानकारी पाए पछि साथीभाई संग सल्लाह गरेर धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम गर्ने भएका हुन् l

मानवता र सद्भाव लागि सहकार्य राष्ट्र निर्माण तपाई हाम्रो अभियान भन्ने नारा रहेको कार्यक्रमलाई सफल र भव्य बनाउन यूवा समूह बोस्टनबासी नेपाली समुदाय संग सम्पर्क र आफ्नो अभियानको प्रचार प्रसारमा जुटेका छन् l केहि दिन अगाडी एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकम अभाव भएको जानकारी धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताएका थिए l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते बस्ती निर्माण भइरहको र, अहिलेसम्म ३६ प्रतिशत काम सकिएको छ । आगामी वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेको धुर्मुसले बताएका थिए l कर्मवीर धुर्मुस -सुन्तली अभियान लाई सहयोग गरौ भन्ने मुख्य उद्देश्य भएको हुँदा उठेको रकम को सत प्रतिसत धुर्मुस सुन्तली फाउन्डेसनमा जाने कार्यक्रमको आयोजना गर्ने समूह मध्येका सदस्य शिव प्रकाशले बताए l

रात्री भोजनको प्रायोजन बोस्टन स्थित हिमालयन बिस्ट्रोले गर्ने भएको छ भने रात्री भोजन तथा सभा कक्षको लागि निशुल्क उपलब्ध हिमालयन बिस्ट्रोले गराएको शिव प्रकाशले थप जानकारी दिएका छन् l बोस्टनका कार्यक्रमको आयोजना गर्ने समुहले धुर्मुस सुन्तली फाउन्डेसनको लागि एकीकृत नमुना मुसहर बस्तीका लागि गो फन्ड नामक खाता खोल्नको लागि प्रक्रिया पनि अगाडी बढाएको छ l सहयोग गर्न चाहनेले उक्त फन्ड बाट पनि आर्थिक सहयोग गर्न सरल होस् भन्ने हेतुले त्यस तर्फ सोच बनाईएको आयोजकले बताएका छन् l

धुर्मुस -सुन्तली अभियान सहयोग कार्यकम गर्ने समुहमा शिव प्रकाश ,सुशील पौडेल ,निर्मला शेरचन ,राधेश्याम यादव ,सुरेश वाग्ले ,मबि सिंह ,सुन्दर गुरुङ तथा जितेन्द्र श्रेष्ठ(बम्बे मार्केट ) रहेका छन् l कार्यक्रम आगामी मार्च १९ तारिख बोस्टनमा हुने छ भने कार्यक्रम साँझ ७ बजे देखि ९ बजे सम्म रात्री भोज कोष वृद्धि कार्यक्रम गरिने छ l कार्यक्रम हिमालयन बिस्ट्रो रेस्टुरेन्टमा हुने छ l

आयोजक समुहका शिव प्रकाशले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि सहयोग गर्न सम्पूर्ण बोस्टन बासीलाई अनुरोध यसै संचार माध्यम बाट अनुरोध गरेका छन l आयोजक समुहका शिव प्रकाश समाज सेवी मात्र नभई लेखक पनि हुन् l समाज सेवा गर्नु परेमा आफु मात्र नभई पतिपत्नी दुवै जना सहयोग गर्न ईक्षा र मन राख्दछौ भने l उनले नेपाल को भूकम्प तथा शिक्षा क्षेत्रमा समेत आर्थिक सहयोग गरि सकेका छन् l

धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रममा एक पैसा पनि खर्च काटिने छैन भन्दै संकलन भएको सम्पूर्ण रकम नेपाल पठाइने पुन स्मरण गराएका छन् l

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com