अमेरिकी नागरिक वा ग्रिनकार्ड हुनेले नेपालमा नेपालीसँग विवाह गर्दा जान्नुपर्ने कुरा


प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार

नेपालमा विवाह गर्न इच्छुक अमेरिकी नागरिक वा ग्रिनकार्ड हुनेले नेपाल सरकारको विवाहसम्बन्धी नियम पालना गर्नुपर्ने हुन्छ, अनि मात्र विवाह वैधानिक ठहरिनेछ । नेपालमा विवाहसम्बन्धी कानुन र प्रक्रिया केही जटिल हुनसक्छ । यसका लागि कुनै कानुन व्यवसायी र सम्बन्धित विज्ञसँग सम्पर्क राख्‍नुहुन हाम्रो सुझाव छ । आफ्नो विवाह दर्तासम्बन्धी पछिल्लो जानकारीका लागि काठमाडौँस्थित जिल्ला अदालतमा सम्पर्क राख्‍नुहोला ।

नेपालको कानुनअनुसार अमेरिकी नागरिक र वैध स्थायी बासिन्दाले विवाह गर्नका लागि ‘विवाहको लागि योग्य’ भएको शपथपत्र पेश गर्नुपर्नेछ । यो शपथपत्र अमेरिकी दूतावासमा पाइन्छ । यसका लागि यो वेवसाइटमा गएर   अनलाइन अपोइन्टमेन्ट लिनुपर्नेछ । यसका लागि अपोइन्टमेन्टको समयमा पासपोर्ट वा ग्रीनकार्ड पेश गर्नु पर्दछ । यो एक नोटरी सेवा हो, जसका लागि तपाईंले ५० अमेरिकी डलर तिर्नुपर्नेछ, जुन नेपाली रुपैयाँमा वा अमेरिकी डलरमा अथवा क्रेडिटकार्ड मार्फत पनि तिर्न सकिनेछ । यस्तो शपथपत्र विवाहको तत्काल अगाडि मात्र लिनुहुन हाम्रो सुझाव छ । शपथपत्र लिएको धेरै समयपछि विवाह दर्ता गर्न जाँदा तपाईंसँग फेरि नयाँ शपथपत्र माग्न सकिनेछ ।

अमेरिकी दूतावासबाट ‘विवाहको लागि योग्य’ भएको शपथपत्र पाई अमेरिकामा आफू बसोबास गर्ने राज्यको विवाहसम्बन्धी कानुनको प्रति प्राप्‍त गरिसकेपछि तपाईंले काठमाडौंस्थित जिल्ला अदालत वा नेपालमा आफूले विवाह गर्न लागेको स्थानको जिल्ला अदालतमा गई विवाह दर्ता गर्न सक्नुहुन्छ । जिल्ला अदालतले तपाईंसँग नागरिकताको प्रमाण (अमेरिकी पासपोर्ट वा स्थायी बासिन्दा परिचय पत्र), फोटो, र केही शुल्क जस्ता अन्य दस्तावेजहरू समेत माग गर्न सक्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली नागरिकसँग विवाह गरेपछि नेपालमै बस्न इच्छुक अमेरिकी नागरिकले नेपालको अध्यागमन विभागबाट वैवाहिक नातासम्बन्धी भिसाका लागि अनुरोध गर्न सक्छन् । विवाहपश्चात गैरअमेरिकी पति वा पत्‍नीले छोटो समयको लागि अमेरिका भ्रमण गर्न चाहन्छन् भने अमेरिकाको बीवान बी टु भिसाका लागि आवेदन दिन सक्नेछन् । तर उनीहरूले उक्त भिसाका लागि सबै मापदण्डहरू पूरा गरेको हुनुपर्नेछ । यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला । 

विवाहपश्चात तपाईंको गैरअमेरिकी पति वा पत्नी अमेरिकी आप्रवासनका लागि इच्छुक भएमा तपाईंले पेटिसन–बेस्ड आप्रवासी भिसाको प्रक्रिया सुरु गर्नुपर्नेछ । आप्रवासीको रूपमा अमेरिकामा पति वा पत्नीलाई लैजाने प्रक्रियासम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

यस्तो भिसाको लागि अमेरिकी नागरिक तथा आप्रवासी सेवाको अमेरिकास्थित कार्यालयमा दरखास्त दिनुपर्नेछ । दरखास्त दिएपछि त्यसमा भइरहेको प्रगतिका लागि यो वेवसाइटमा गई   केस स्टाटस अनलाईन हेर्नुहोला । पेटिसनको स्वीकृति प्रक्रियामा अमेरिकी दूतावासमा संलग्न हुँदैन र यससम्बन्धी सल्लाह वा अद्यावधिक जानकारी दिन सक्दैन ।

युएससीआईएसले पेटिसन स्वीकृत गरिसकेपछि यसलाई नेशनल भिसा सेन्टर पठाउँछ । नेशनल भिसा सेन्टरले उक्त पेटिसनमा केस नम्बर दिन्छ र आवेदक वा निजको प्रतिनिधिलाई डीएस २६१ फारम (रोजाइको ठेगाना र एजेन्ट) भर्ने निर्देशन दिन्छ । नेशनल भिसा सेन्टरले आवेदक र पेटिसनरलाई आवश्यक शुल्क बुझाउने निर्देशन दिन्छ र केसमाथि आवश्यक प्रक्रिया थाल्छ । शुल्क बुझाइसकेपछि नेशनल भिसा सेन्टरले आवेदकलाई आप्रवासी भिसाका लागि आवश्यक कागजात (अफिडाभिट अफ सपोर्ट, आवेदन फारमहरू, आधिकारिक दस्तावेज तथा अन्य दस्तावेजहरू) बुझाउन निर्देशन दिन्छ । नेशनल भिसा सेन्टरसम्बन्धी  थप जानकारीका लागि यो वेवसाइटमा गई  हेर्नुहोला । नेशनल भिसा सेन्टरमा जारी प्रक्रियामा अमेरिकी दूतावासमा संलग्न हुँदैन र यससम्बन्धी सल्लाह वा अद्यावधिक जानकारी दिन सक्दैन ।

नेशनल भिसा सेन्टरले केससम्बन्धी सबै कागजात पुगेको ठहर गरेपछि आवेदक, पेटिसनर, वकिल, र तेस्रो पक्षीय एजेन्ट (भएको खण्डमा) लाई अन्तर्वार्ताका लागि ईमेल र पत्रहरूमार्फत बोलाउँछ । सेन्टरले तपाईंलाई मेडिकल जाँचको लागि पनि निर्देशन दिन्छ । आवेदक आफ्नो पासपोर्ट र नेशनल भिसा सेन्टरमा नबुझाएका अन्य आवश्यक कागजात लिई अमेरिकी दूतावासमा अन्तर्वार्ताका लागि आउनुपर्छ । आवेदकले आधिकारिक प्रमाणपत्रहरू र अनुदित सक्कल प्रतिहरू यस अन्तर्वार्ताका बेला फिर्ता पाउँछन् ।

श्रोत  : अमेरिकी दूतावास काठमाडौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com