डोजर काण्ड : थप तीन विरुद्ध मुद्दा दर्ता


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । उनीहरुलाई लागेको आरोप प्रमाणित भएमा कानूनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।

यसअघि डोजर चालक किशोर बोहरालाई मङ्गलबार अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । ग्वाल्लेकमा सडक निर्माणका क्रममा सोमबार कात्तिक ४ गते दुई पक्षबीच झडप हुँदा डोजरले स्थानीयवासी गौरी जोशीलाई हुत्याएको थियो । डोजरले हुत्याउँदा घाइते भएकी गौरी कोहलपुरमा उपचारपछि ‘डिस्चार्ज’ हुनुभएको छ । चिलाउनेदेखि पार्ससम्म सडक निर्माणका क्रममा निर्माण पक्षले जबर्जस्ती गर्दा घटना भएको जग्गाधनी पक्षले आरोप लगाएको छ । तर निर्माण पक्षले भने जग्गाधनी पक्षले पहिला ढुङ्गामुढा गरेको आरोप लगाएको छ । दुई पक्षबीच झडप हुँदा गौरीसहित आठ जना घाइते भएका थिए ।

घटनाको सत्यतथ्य सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले छानबिन टोलीसमेत गठन गरेको थियो । मङ्गलबार गठित समितिले शुक्रबार प्रतिवेदन बुझाउने भएको छ । समितिले बुधबार स्थलगत अध्ययनसमेत गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सत्ता र शक्तिका आडमा डोजर काण्ड : काङ्ग्रेस

बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकमा सडक निर्माण गर्दा भएको घटना सत्ता र शक्तिका आडमा भएको नेपाली काङ्ग्रेसको केन्द्रीय छानबिन समितिले निष्कर्ष निकालेको छ । काङ्ग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको जिकिर गरेको छ । डोजर मालिक आफँैले दबाबमा परेर डोजर चलाउन बाध्य भएको भनेकाले यसबाट उहाँलाई सत्ताकै मान्छेहरुले डोजर चलाउन दबाब दिएको बुझिएका छानबिन समितिका संयोजक बहादुरसिंह थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “डोजर मालिकसँग कुराकानी गर्दा दबाब थेग्न नसकेर डोजर चलाएको हो भनेकाले यसमा सत्ताका मान्छेहरुको संलग्नता रहेको छ ।” ग्वाल्लेक घटना हुनुमा स्थानीय प्रशासनको पनि कमजोरी रहेको काङ्ग्रेसले आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा संयोजक थापाले जग्गाधनी असोज २७ गते प्रशासनमा आएर ‘हाम्रो गाउँमा समस्या छ, मिलाइदिनु’ भनेर आएका तर प्रशासनले यो कुरालाई ध्यानमा नराखेको पाइएको थापाको भनाइ छ । सडक निर्माणका लागि कुनै बजेट र योजना बिना दुवै पक्ष सहमत नभएरै सडक खन्न खोज्दा झडपको स्थिति आएको र एक महिला घाइते भएको काङ्ग्रेसको छानबिन टोलीले बताएको छ ।

घटनामा सडक निर्माण पक्षले जबर्जस्ती गर्न खोजेको संयोजक थापाले बताउनुभयो । “दुवै पक्षबीच सहमति नभई डोजर चलाउनाले अहिले सामाजिक सद्भावमा नै समस्या ल्याएको छ”, उहाँले भन्नुभयो, “स्थलगत रिपोर्टिङ गरेपछि अब स्थानीय प्रशासन, राजनैतिक दल र अन्य सरोकारवालाहरुसँग बसेर प्रतिवेदन बनाइनेछ ।”

ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले एक महिलालाई हुत्याएपछि काङ्ग्रेस केन्द्रीय कार्यालयले बहादुरसिंह थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले बुधबार घटनास्थलमा पुगेर जानकारी सङ्कलन गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com