राष्ट्रपति ट्रम्प व्हाइट हाउसमा हुने सम्वाददाता रात्रिभोजमा सरिक नहुने


प्रकाशित मिति : फाल्गुन १५, २०७३ आईतबार

 

विजय थापा ,वाशिंगटन डिसी

आगामी अप्रिल २९ तारिखमा व्हाइट हाउस सम्वाददाता संघले आयोजना गर्ने सम्वाददाता रात्रिभोजमा राष्ट्रपति डोनाल्ड ट्रम्प सरिक नहुने भएका छन् l उनले गत फेब्रुअरी २५ तारिख सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् l

उनले म व्हाइट हाउस सम्वाददाता संघले आयोजना गर्ने यस बर्षको रात्रिभोजमा उपस्थित नहुने छु l सवैलाई शुभकामना दिन चाहन्छु र शुभ साँझ भनि ट्वी ट गरेका छन l वास्तवमा परम्परागत रुपले रात्री भोजनमा राष्ट्रपति तथा प्रथम महिला ,वरिष्ट सरकारी अधिकारीहरु तथा संचार माध्यम संस्थाका सदस्यहरुको सहभागी हुने भनि व्हाइट हाउस सम्वाददाता संघले जनाएको छ l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले दशकौ अगाडीको परम्परालाई तोड्दै आगामी अप्रिल २९ तारिखमा हुने उक्त रात्री भोजमा नआउने जनाएका छन् l उक्त रात्री भोजमा विशेष पत्रकार तथा अन्य विद्वानलाई सम्मान गरिन्छ l १९२१ देखि साधारण सम्मान रात्रिभोज बाट सुरु भएको उक्त कार्यक्रम बिकशित हुदै हलिवुडका कलाकार सहित उपस्थितिले थप आकर्षण गरेको छ l राष्ट्रपतिको मुख्य सहयोगले यो अवस्था सम्म पुगेको हो l

अमेरिकाका पूर्व राष्ट्रपति रोनाल्ड रेगन १९८१ मा अनुपस्थिति भएका थिए उनको कारण उनलाई राजनैतिक हत्या गर्ने प्रयास गरिएको कारण आराम गरेर बसेको अवस्था रहेको भएता पनि उनले दुर संचार बाट कुरा गरि आफुलाई गोलि प्रहार भएको बारेमा चुटकिला सुनाएका थिए l उनले संचार माध्यम संग छेडछाड गर्दै छिटै पत्रकार सम्मेलन गर्ने भनेका थिए र म संग तपाईहरुको लागि थुप्रै प्रश्न छ भनि बिदा लिएका थिए भनि एनपीआरमा समाचार छ l

यसै गरि राष्ट्रपति रिचार्ड निक्सन १९७२ सोझै उपस्थिति हुन् सकेका थिएनन् l निक्सनले छापालाई सुचित गर्दै म तपाई को पछि लाग्छु भनि संदेश दिएका थिए राष्ट्रपति ट्रम्पले संचार माध्यम अमेरिकन जनताका दुस्मन हुन् भनि ट्वीटरमा लेखेका थिए l

तस्बिर स्रोत :ल्यारी बुसाका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com