सी–विचारधारा : ‘यस्तो सहकार्यले सत्तारुढ दललाई फाइदा भए पनि मुलुक हार्छ’


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

sf7df8f}F, & c;f]h -/f;;_ M lrlgof sDo’lgi6 kf6L{ / g]kfn sDo’lgi6 kf6L{aLr ;xof]u cfbfgk|bfgsf nflu ;Demf}tf ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL, k’iksdn bfxfn …k|r08Ú, dfwjs’df/ g]kfn . t:jL/ M k|bLk/fh jGt

छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदै छ । यही बेला चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाले लिएको प्रशिक्षणलाई कूटनीतिज्ञले ‘अर्थपूर्ण’ र ‘असंलग्नताको अन्त्य’ भनेका छन् ।

उदाउँदा दुई आर्थिक शक्तिबीच नेपाल रहेकाले कूटनीतिक संवेदनशीलतामा ख्याल गर्नै पर्छ । चीनले आफ्नो शासन प्रणालीलाई अनुशासित र सबल प्रणालीका रूपमा चित्रण गर्दै आएको छ । उसले छिमेकमार्फत यसलाई प्रचार गर्ने नीति लिएको छ । छिमेक नीति स्पष्ट पारेर चीन आफ्नो प्रभावमा दत्तचित्त भएको विज्ञको टिप्पणी छ । यस्तो सहकार्यले सत्तारुढ दललाई फाइदा भए पनि मुलुक हार्ने धारणा उनीहरू राख्छन् ।

सत्तारुढ दल एकातिर ढल्किँदा नेपालको विदेश नीतिमा असामञ्जस्य आउने उनीहरूको तर्क छ । नेकपाभित्र चीनसँग नजिक हुने प्रतिस्पर्धा चलेको छ ।

राजनीतिकशास्त्रका प्राध्यापक श्रीधर खत्रीले यसलाई ‘बेमौसमी बाजा’को संज्ञा दिएका छन् । ‘यस प्रकारको प्रशिक्षण चाकडीको हद र अनावश्यक हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामी बहुदलीय लोकतान्त्रिक व्यवस्थामा छौं’, उनले मंगलबार अन्नपूर्णसँग भने, ‘सीको विचार एक मुलुक एक दल (एकदलीय व्यवस्था)मा केन्द्रित छ । विचारै मिल्दैन । अन्य अनुभव सुन्न मिल्ला तर अवधारणाको प्रशिक्षण फरक हो ।’

सरकारसँग दुईतिहाइ समर्थन रहे पनि सिद्धान्ततः संविधानअनुरूप अघि बढ्नुपर्ने सुझाव उनले दिए । ‘नेकपा बहुदलीय व्यवस्थामा प्रतिबद्ध छ । उसको घोषणापत्रमा पनि त्यही छ’, उनले भने, ‘तर, ‘अहिले प्रशिक्षण एकदलीय संरचनाको हुँदा सिद्धान्त मेल खाँदैन ।’ नेपालले बदलिँदो कूटनीतिक परिवेश र राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर सावधानीपूर्वक कदम चाल्नुपर्ने उनले बताए । ‘भारत र चीनका राष्ट्र एवं सरकार प्रमुखको भ्रमण हुनु राम्रो नीति हो’, उनले भने ।

नेकपामा सी विचारप्रतिको आकर्षण बढ्दो देखिँदा त्यसतर्फ ढल्किएको हुन सक्ने आकलन उनको छ । यो समचार अन्नपूर्ण पोस्टमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com