२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
खबर

न्यूरोडमा प्रहरीले गोली चलायो …..

अचानक काठमाडौंको मुख्य बजार न्युरोडमा एकाबिहानै राँगोले आतंक मच्चाएपछि नियन्त्रणमा लिन नसकेको प्रहरीले गोली चलाएको छ । चाडपर्वको मुखमा अति नै ब्यस्त रहने वजार न्युरोडमा अचानक राँगो आएर आतंक मच्चाएको थियो । तिन जनालाई घाइते बनाएर एउटा ट्याक्सीमा समेत क्षती पुर्याएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पनि जिवितै नियन्त्रणमा लिने प्रयास गरेको भएपनि सफल हुन नसकेपछि गोली चलाउनुपरेको जनाएको छ ।

महानगरीय प्रहरी जनसेवा वृत्तका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले निकै उन्मत्त देखिएको राँगोलाई नियन्त्रणमा लिने प्रयास असफल भएपछि गोली हानेर मारिएको बताए । सोराँगो राति नै न्युरोड आसपासमा आएको स्थानियले थाहा पाएका थिए । तर जब उज्यालो हुँदै गयो सबैलाई जथाभावी हान्न थालेपछि आत्तिएकाहरुले प्रहरी बोलाएका हुन् । प्रहरी र स्थानियले सो राँगो अचानक न्युरोडमा कहाँवाट आयो भन्ने थाहा पाएका छैनन् । प्रहरीले कालिमाटीतिरबाट निस्किएको अनुमान गरेको छ । भारत वा तराईवाट गाडीमा हालेर ल्याएको राँगो काठमाडौं आएपछि गाडीवाट झार्ने क्रममा भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

काठमाडौंको लगन हुँदै न्युरोडतिर बढेको राँगोले एकाबिहानै सडकमा मानिसहरूलाई हान्न थालेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। गोली हानेर मारिएको राँगो प्रहरीले काठमाडौं महानगरपालिकालाई बुझाइएको छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →