गत जुलाई अगाडि एक्स्ट्राअर्डिनरी आवेदन दिएकाले ग्रिनकार्ड फाइल गर्न पाउने


प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार

१ जुलाई २०१९ भन्दा अगाडि एक्स्ट्राअर्डिनरी आवेदन आई १४० फाइल गरेकाहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन आई ४८५ समेत फाइल गर्न पाउने भएका छन् । अक्टोबरको भिसा बुलेटिनमा रहेको फाइल गर्ने मितिलाई नै युएससीआईएसले सदर गरेपछि यो अवशर आएको हो ।

सेप्टेम्बरसम्म भने १ अक्टोबर २०१७ भन्दा अगाडिका आवेदकलाईमात्र ग्रिनकार्ड फाइल गर्न दिइएको थियो । अक्टोबरमा झण्डै २१ महिना कुनुपर्ने अवधि घटेर ३ महिनामा झरेको छ । अब अमेरिकामा नै रहेका आई १४० आवेदन स्वीकृत भइसकेका १ जुलाई २०१९ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन दिनसक्ने भएका छन् । उनीहरुले ग्रिनकार्ड नआउँदासम्म वर्क परमिट लिएर काम गर्न वा एड्भान्स परोल लिएर यात्रा गर्नसमेत पाउनेछन् ।

त्यस्तै अमेरिकामा नै रहेका र आई १४० पेन्डिङ अवस्थामा रहेका १ जुलाई २०१९ भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुले पनि अक्टोबरमा आई ४८५ ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । यो आधारमा उनीहरुले वर्क परमिट लिएर काम गर्न र एड्भान्स परोल लिएर यात्रा गर्न समेत सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा यदि आई १४० आवेदन स्वीकृत भइसकेको छ भने उनीहरुको भिसा प्रकृया नेशनल भिसा सेन्टरले दूतावासमार्फत अगाडि बढाउनेछ । तर आई १४० पेन्डिङ अवस्थामा रहेका र अमेरिकाबाहिर हुनेहरुका लागि भने यसले खासै असर गर्नेछैन ।

खासगरी अमेरिकामा नै रहेका र कानुनी स्टाटस जोगाइराख्ने झन्झटमा परेकाहरुलाई भने अक्टोबरदेखि केही सहज हुने भएको छ । यसअगाडि अमेरिकामा भिजिटर भिसामा आएर एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्न लगभग असम्भव अवस्था सृजना भएको थियो । तर अक्टोबरको जस्तो अवस्था कायमै रहेमा अमेरिकामा भिजिटर भिसामा आएर पनि एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड फाइल गर्न सम्भव हुनेछ ।

भिजिटर लगायतका गैर आप्रवासी भिसा अमेरिकाबाट फर्कने कुराको ग्यारेन्टी भइसकेपछिमात्र प्रदान गरिने भएकाले सामान्यतया त्यस्तो भिसामा अमेरिका गएको ९० दिनसम्म कुनै पनि आप्रवासी सुविधाका लागि आवेदन दिन नपाइने नियम रहेको छ । अक्टोबरको जस्तो अवस्था कायम रहेमा भिसाको अवधि थपेर एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डका लागि आवेदन दिनसकिने अवस्था आउनसक्ने कानुनविदहरु बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com