एनआरएनए जनमत : दालभात खाने, धमाका गरेको भन्दै फेसबुकमा लेख्ने


प्रकाशित मिति : फाल्गुन १२, २०७३ बिहीबार

शेखर ढुंगेल :

एनआरएन आवश्यक संस्था हो । तर अनावश्यक झुण्डहरुको कब्जामा परेकोले यसको औचित्यप्रति गम्भीर प्रश्न उठ्न थालेको छ । अमेरिकाको एनआरएनएलाई कुशल नेतृत्व दिने हो भने अमेरिकी निर्वाचन आचार संहिता अनुसार उम्मेदवारले कुनै व्यक्ति, संस्था वा मिडियालाई प्रभावमा पार्न चन्दा, अनुदान, सहयोग दिएर आर्थिक प्रलोभनमा पारे दण्डित हुनु पर्ने प्रावधान कडाइका साथ निर्वाचन समितिले पालना गर्न लगाउने क्षमता राख्ने हो भने विश्वभर संजाल रहेको यो सस्थाको महत्व झन् बढ्ने छ । पैसा खर्च गर्ने, सिन्डिकेट चलाउने, कब्जा गर्ने जस्ता प्रवृतिले यो संस्था धनीहरुको मात्र हो, कांग्रेस एमाले वा कुनै न कुनै राजनैतिक दलहरुको हनुमानहरुको सेरोफेरोमा छ भन्ने सन्देश गएको हुँदा सुधार गर्नु अनिवार्य छ ।

अस्तित्व श्रेष्ठ :

हात्ति आयो, हात्ति आयो फुस्सा हो जस्तो लाग्छ । चुनावको बेलामा ठूलो ठूलो कुरा र चुनाव सकिएपछि मुसाको दुलोभित्र गायब । अहिलेसम्म कुनै ठूलो उपलब्धीमूलक काम गरेको मलाई थाहा छैन । बुढाहरुको राजनीति गर्ने थलो जस्तो लाग्छ एनआरएन ।

रुपेश :

यो राजनीति सुरु गर्ने ठाँउ हो । गुट बनाउन सिक्ने ठाँउ हो । बलिया पाखुरा हुनेहरुको हालीमुहाली हुने ठाँउ हो । यसको सदस्यता लिनेहरुले पनि त्यही गुटमा आफ्नो पाखुरा बलियो बनाउन लिने हो । विदेशमा बस्ने नेपालीहरुलाई गर्ने सहयोग भनेको जिरो छ । अझ जापानमा त यो छ कि छैन भन्ने बोध नै हुदैन । नजिक नजिकका मानिसहरु बसेर दालभात खान्छन्, अनि फेसबुकमा धमाका गरियो लेखेर अपलोड गर्छन् । मान्छे मर्दा फेसबुकबाट समवेदना दिने बाहेक केही काम गरेको देखिदैन ।

विनोद पोखरेल :

मलाई लाग्छ एनआरएनए गैर आवासीय नेपालीहरुको हक हित र सुरक्षाको लागि अती आवश्यक संस्था हो । सोही आधारमा सदस्यता बनिएको हो । विगतमा यस सस्थालाई केही व्यक्तिका झोलामा राखिएको थियो । अहिले केही बर्ष यता केही प्रवासी नेपाली माझ आएता पनि सदस्य बनाउने नेतृत्व चयन प्रकृया चित्त बुझ्दो नदेखिएको र नेतृत्वबाट आम प्रवासीका समस्याहरु पहिचानगर्न नसकेको र प्रवासीहरुको हित उन्नती प्रगती तर्फ खासै ध्यान भएको नदेखिएकिले एनआरएनप्रति सकारात्मक धारणा बन्न नसकेको हो । तर हामीले सदस्यता लिनुपर्छ र आम गैर आवासीय नेपालीको भावना बुझ्ने सही नेतृत्व चयन गर्नुपर्छ । र यसलाई एक मात्र प्रवासीहरुको छाता संगठन बनाउनुपर्छ । नेतृत्व छनोट गर्दा कुनै जात, धर्म, क्षत्रीयता र आस्थाको आधार हेरी हाम्रोलाई छान्ने होइन राम्रोलाई छान्न सक्नु पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डुक्पा लामा :

गैरआवासीय नेपालीहरु संगठित हुनु नराम्रो होइन । संगठित हुनु अत्यन्तै राम्रो पक्ष हो । तर यसले उठाएको मुद्दा गैरआवासीय नेपाली अर्थात नेपाली मुलका बिदेशी नागरिकलाई नेपाल सरकारले दोहोरो नागरिकता प्रदान गर्नुपर्ने माग भने अलिक गम्भीर छ । यो नेपालको राष्ट्रियता र राष्ट्रिय सुरक्षाको सवालमा राष्ट्रहितमा छैन । उदाहरणको लागि म मेरो अनुभव सुनाउन चाहन्छु । अधिकांश खाडी मुलुकहरु गल्फ राष्ट्रहरुमा भाषा, धर्म, सँस्कृती र रहन सहन अनि खानपान मिल्ने भएकोले खाडी राष्ट्रहरुबीच दोहोरो पासपोर्ट प्रणाली लागु गरेको छ । र तिनीहरूले दोहोरो पासपोर्टको दुरुपयोग गर्छन् । कुनै एउटा देशमा मजाले बसेर त्यहाँका आपराधिक समुहहरुसँग बम बारुद र हतियार बनाउन सिक्ने अनि अर्को देशमा आएर अरुलाई प्रशिक्षण दिनेसम्म खतरा हुन्छ । केही सुराक पाएको सुइको पाएमा अर्को पासपोर्ट प्रयोग गरेर कुलेलाम ठोक्छन् । यसले गर्दा ती देशहरुमा राष्ट्रिय सुरक्षा चुस्त राख्न अहिले निकै चुनौती बढेको छ भने अपराधीक क्रियाकलाप दिनानुदिन बढ्दो छ । त्यसकारण दोहोरो नागरिकता प्राप्त गर्ने एनआरएनको मुख्य लक्ष्यमा नेपाल सरकारले निश्चित कानुनी मापदण्ड बनाउनुपर्छ । अनि मात्रै गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता दिनु उचित हुन्छ ।

सुनिल रेग्मी :

गैरआवासीय नेपालीको हकहितमा समर्पित संस्था हो यो । तर आफ्नो व्यक्तिगत फाइदाको लागि कामगरी समुदायको वेवास्ता गर्ने झुण्डपनि छन् । त्यस्तालाई सिस्नोपानी लगाउनुपर्छ ।

गोविन्द सिंह रावत :

विदेशमा व्यापार गर्ने नेपाली व्यपारीहरुको नेपाली समाज र बुद्धिजीवि वर्गमा आफ्नो परिचय स्थापना गराउन खोलिएको क्लब हो एनआरएनए । यसमा कतै परिचय नपाएकाहरुको भीडमात्र देखिन्छ । कुनै बुद्धिजीवि यसको अध्यक्ष कहिल्यै हुन सक्दैन । नत्र राम थापा महतोपछि रोलक्रममा अध्यक्ष बन्नु पर्ने हो । यसले विदेशमा बस्ने नेपालीको हकमा कहिल्यै बोलेन । न त पीआरवालाको बारेमा बोल्यो । न त त्रिभुवन विश्वविद्यालयलयले भर्खर पेन्सन रोक्का गर्दा नै बोल्यो । विदेशका नेपाली व्यापारीहरुको अन्तराष्ट्रीय क्लब हो एनआरएन ।

(हामीले यी प्रतिकृयाहरु फेसबुकमा मागेका थियौं । प्राप्त प्रतिकृयाबाट छानेर खसोखासकय पाठकका लागि प्रकाशित गरेका छौं । )

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com