यो साता ३४ हजार बढी आप्रवासीलाई अमेरिकी नागरिकता प्रदान गरिदै


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

यो साता अमेरिकाको नागरिकता दिवस र संविधान दिवसको अवशरमा ३४ हजार भन्दा धेरै आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिने भएको छ । जसमा नेपालीहरु समेत रहेको युएससीआईएसले जनाएको छ ।

सेप्टेम्बर १३ देखि २३ सम्म अमेरिकाका विभिन्न स्थानमा हुने ३१६ समारोहमा उनीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिएको छ । अमेरिकी नागरिकताका लागि आवेदन दिएर स्वीकृत भइसकेकाहरुलाई उक्त समारोहमा सपथग्रहण गराइनेछ ।

यसै क्रममा मंगलबार न्युयोर्कको रकफेलर सेन्टरमा ३३ देशका ५० जना आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिदै छ । युएससीआईएसले मंगलबार विहान साढे १० बजे आयोजित सपथ समारोहमा उनीहरुलाई स्वागत गर्न लागेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार नागरिकता प्राप्त गर्नेहरुमा नेपाली समेत रहेको युएससीआईएसले जनाएको छ । बंगालादेश, भारत, नेपाल लगायतका देशबाट आएर म्यानहटन, ब्रोंक्स र न्युयोर्क सिटीका विभिन्न क्षेत्रमा बसोबास गर्नेहरुलाई नागरिकता प्रदान गर्न लागिएको हो ।

सेप्टेम्बर १७ मा अमेरिकामा संविधान दिवस र नागरिकता दिवस मनाइदैछ । सन् १७८७ सेप्टेम्बर १७ मा अमेरिकी संविधानमा हस्ताक्षर गरिएको थियो । तर अमेरिकामा संविधान दिवस भने सन् १९४० देखि मनाउन लागिएको हो ।

सन् १९५२ देखि अमेरिकामा नागरिकता दिवस मनाउन थालिएको थियो । पछि संविधान सप्ताहका रुपमा मनाउन थालिएको हो । युएससीआईएसले संविधान दिवस र नागरिकता दिवसका अवशरमा नागरिकता प्राप्त गरेका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गर्न प्रोत्साहित गरेको छ ।

अमेरिकी नागरिकता प्राप्त गर्नका लागि विभिन्न योग्यताहरु पूरा गर्नुपर्छ । सामान्यतया ग्रिनकार्ड प्राप्त गरेको ५ बर्षमा अमेरिकी नागरिकताका लागि योग्य हुने प्रावधान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com