नयाँ शक्ति पार्टी,नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज, INS मकाउ गठन भएको छ । नेपाली समाज हङ्कङका संयोजक प्रेम लामाको बिशेष उपस्थितिमा भएको भेलाले प्रजुन कुमार अधिकारीको संयोजकत्वमा ४१ सदस्यीय INS मकाउ गठन गरेको प्रवास प्रादेशिक समितिका सह-सयोजक शंकर भण्डारीले जानकारी दिनुभयो ।
उक्त भेलाले उप-संयोजकमा यम बिलास भट्टराई / ईश्वर श्रेष्ठ , महासचिब नगेन्द्र खत्री , कोषाध्यक्ष अमृत श्रेष्ठ सल्लाहकार बीरबल गुरुङलाई चयन गरेकाे छ । यस्तै सदस्यहरु ,लक्ष्मण भण्डारी ,राम बुढा ,चन्द्र छ्न्त्याल ,देब कुवँर,सुजन कुमाल, डिल्ली खड्का ,बिक्रम श्रेष्ठ, लोकेस न्यौपाने ,राम बहादुर बि क ,ऋषि तामाङ ,दिपक अधिकारी, सरस्वती पोखरेल ,बिकाश रावल, जीवन कुवँर , निर्मला गुरुङ , केदार नेपाली, गोबिन्द पाण्डे लगायत रहेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।