विद्यार्थीभन्दा निरीक्षक धेरै !


प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार

अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ ।

घोराहीको पद्मोदय नमूना माध्यामिक विद्यालय, दीपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि चौघेरा, शुभप्रभात मावि, रझेना मावि, शान्तिसुधा मावि, पद्मोदय मावि र गोरखा इन्टरनेश्नल मावि गरी नौ विद्यालयमा जिल्लाभरका परीक्षार्थीको ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको हो । जसमा विद्यार्थीको निकै न्यून सहभागिता देखिएको छ । कतै विद्यार्थीको शून्य सहभागिता छ भने कतै एक दुई जनाको भरमा केन्द्र सञ्चालन गरिएको छ ।

आइतबार अङ्ग्रेजीको परीक्षा दिएका विद्यार्थीले सोमबार नेपालीको परीक्षा दिएका थिए । दोस्रो दिन नेपालीको परीक्षामा तोकिएको केन्द्रमा विद्यार्थीको न्यून सहभागिता देखियो । एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, चार सुरक्षाकर्मी, एक निरीक्षक र एक सहयोगी गरी कम्तीमा आठ जनालाई परीक्षा केन्द्रमा खटाइएको छ । कतै निरीक्षकको सङ्ख्या धेरै पनि छ । उनीहरुलाई शिक्षा विकास तथा समन्वय एकाइले छुट्टै भत्ताको व्यवस्थासहित परीक्षा केन्द्रमा खटाएको हो ।

ठूलो सङ्ख्यामा परीक्षा केन्द्रमा शिक्षक, कर्मचारी, सुरक्षाकर्मी खटाइए पनि विद्यार्थी सङ्ख्याभन्दा निरीक्षकको सङ्ख्या धेरै पाइएको छ । सोमबार चलेको नेपाली विषयको परीक्षामा घोराहीको दीपशिखा माविमा तोकिएको केन्द्रमा विद्यार्थीको शून्य सहभागिता रहेको थियो । नेपाली विद्यार्थीको केन्द्र परेको दीपशिखामा त्यही विद्यार्थी अनुपस्थिति भएपछि परीक्षा केन्द्र परीक्षा अवधिभर सुनसान देखियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रेड वृद्धिको परीक्षा केन्द्र तोकिएको सरस्वती माविमा पनि चार विद्यार्थीको केन्द्र परेकामा दुई अनुपस्थित भए भने दुईले मात्रै परीक्षामा सहभागिता जनाएका थिए । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ग्रेड वृद्धिका लागि गोरक्षारत्न नाथमा दुई, शान्तिसुधामा एक, गोरखामा १४, पद्मोदय माविमा ११, बाल विकासमा १५, शुभप्रभावमा चार र रझेना माविमा २४ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।
सोमबार जिल्लाभरका १३१ विद्यार्थीमध्ये ७७ विद्यार्थी नेपाली विषयको परीक्षामा सहभागी भएका थिए भने ५४ अनुपस्थित भएका थिए । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामलाल खड्काले ग्रेड वृद्धिको परीक्षामा कुनै विषयको परीक्षामा धेरै र कुनै विषयको परीक्षामा थोरै विद्यार्थी सहभागी हुनु स्वाभाविक भएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com