ट्रम्प, ड्रम र भ्रम


प्रकाशित मिति : फाल्गुन ७, २०७३ शनिबार

-भुपेन्द्र थापा

फरबरी महिना । नेपालको पुस/माघ । सवैभन्दा जाडो महिना । मौसमअनुसार आजभोली जाडो नै छ । तर तुलनात्मक रुपमा भने हुनुपर्ने जति जाडो छैन । खासै हिऊँ पनि परेको छैन् । भर्खरै अमेरिकामा नयाँ राष्ट्रपतिले पदभार ग्रहण गरेका छन । र चुनावताका उनले गरेका वाचाहरु पुरा गर्नका लागी फटाफट एक्जेक्युटिभ अर्डर अर्थात कार्यकारी आदेश जारी गरिरहेका छन् । जसले गर्दा अमेरिका, नेपाल या नेपालीलाई मात्रै हैन । संसारैभरि हलचल बढेको छ ।

सायद यसैको प्रभावले पो हो की तापमान पनि बढेको छ । फलतः जाडो पनि कम छ । जुुन राम्रै हो तर प्राकृतिक भने हैन । चाहे जलवायु परिनवर्तनले होस वा अमेरिकी राष्ट्रपति परिवर्तन । दुवैले तापमान मज्जैले बढाइरहेका छन् ।

तापमान त जसरी पनि बढी रहेकै छ । तर यसको अस्वभाविक प्रभावचाहि नेपालीजनमा बढी नै परेको देखिन्छ । उसो त डनाल्ड ट्रम्प राष्ट्रपति उम्मेदवार हुदादेखि नै हलचल शुरु भइसकेको थियो । धेरैले उनले जित्नैनसक्ने ठोकुवा गरेका थिए तर अनुमान विपरित सवैलाई जिल खुवाउदै उनै ड्रम वजाउन सफल भए। यानिकी ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति भएका छन । जसले गर्दा ग्लोवल टेम्प्रेचर ह्वात्तै बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनि त नेपाल र नेपाली पनि यसबाट अछुतो रहने त कुरै भएन । ट्रम्पले पुर्वनिर्धारित वाचाअनुरुप मेक्सिको बोर्डरमा पर्खाल निर्माण गर्ने र सातवटा मुस्लिम बाहुल्य देशलाई अमेरिका आउन प्रतिबन्ध आदेशमा हस्ताक्षर गरेसंगै यसले सर्वत्र एउटा संत्रासको वातावरण सिर्जना भएको छ । तर नेपालीहरुका विचमा भने ज्यादा नै भ्रम सिर्जना भएको देखिन्छ । जसले गर्दा चाहिनेभन्दा बढी त्रास सिर्जना भएको छ । जसमा नेपाली च्याउँ अनलाइनहरु र सामाजिक संञ्जालको अहं भूमिका छ ।

निश्चित रुपमा नै ट्रम्पको आप्रावासी योजनाले नेपालीहरुलाई पनि जरुर प्रभाव त पर्ने नै छ । तर अहिले वजारमा यसरी हल्ला फिजिएको छ की कानूनी वा बैध रुपमै बसिरहेका वा ग्रीनकार्ड वा नागरिकता लिइसकेका नेपालीहरु पनि नेपाल वा अन्यत्र गएर फर्कन नपाउने हो की भन्ने त्रास र भय अनि भ्रम सिर्जना भएको छ । हुनतः राष्ट्रपति ट्रम्पको सातवटा मुस्लिम देशलाई लगाएको प्रतिबन्ध नै समेत फेडरल कोर्टको आदेशसंगै स्थगित भइसकेता पनि नेपालीहरुमा भने यो भ्रमले जरा गाडी नै रहेको छ ।

हालका लागी स्थगित भएपनि सो आदेश पुनः कार्यान्वयनमा त आउने नै छ । तर पनि कानूनी रुपमा अमेरिकामा वसिरहेका वा वस्ने अधिकारप्राप्त नेपालीहरुलाई भने यसले कुनै असर पार्ने छैन । तर विभिन्न रुपमा अमेरिका आएर अबैधानिक रहेका तर विगतमा नेपालमा गएको भूकम्पका कारण कम्तिमा नेपाल गएर फर्कन सम्म इजाजत अर्थात टिपिएस(टेम्पोररी प्रोटेक्टेड स्ट्याटस) भएकाहरुका हकमा भने केही साबधानी अपनाउनु नै पर्ने अवस्था भएकै हो ।

ट्रम्पको उक्त आदेशले समग्रमा संसारका सवै देशका मानिसलाई नै कुनै न कुनै रुपमा प्रभाव त पार्ने नै छ । तर आत्तिहाल्नुपर्ने स्थिति पनि हैन । उनले एच १ बि भिसामा रोक लगाउने, समग्र आप्रावासी व्यबस्थालाई नै कडा बनाउने, अमेरिकामा बसेर नचाहिदो रुपमा आर्थिक सुबिधा लिने, विभिन्न बहानामा शरणार्थी भिसा लिनेहरुलाई सो प्रक्रिया पनि कडा बनाउने भएपछि त्यसबाट निश्चय नै आगामी दिनमा नेपालीहरु जो सो प्रक्रिया बाट यहाँ वस्ने आधार खोजिरहेका थिए उनिहरुलाई त कठिन हुने नै भयो । तर भइसकेकाहरुमा भने खास फरक पर्दैन । हुन त यस विषयमा दैनिक जसो अमेरिकामा कार्यरत फरक फरक नेपाली वकिलहरुको अन्र्तवार्ता खसोखास र अन्य केहि संचारका माध्यमहरुले सामाजिक संजाल मार्फत प्रकाशन/प्रसारण गरेपनि नेपालीहरुविचको त्रास कम हुन सकेको छैन । के हुने हो र कसो हो भन्ने संत्रास कायमै देखिन्छ ।

यहाँ बुझ्नुपर्ने कुरा के छ भने जो दाजुभाईहरु लाखौ रुपैया दलाललाई बुझाएर मेक्सिकोको बोर्डर हुदै भित्रिएका, भित्रने वा भित्रनेवालाहरुलाई भने झन कठिन हुने नै छ । यसै त गा¥ह्रो छदै थियो । नेपालमा क्रण गरेर पचासौ लाख खर्च गरेर अबैधानिक बनेर अमेरिका भित्रियो । त्यसपछि पनि हजारौ डलर वकिललाई बुझाएर शरणार्थी भिसा लिने कोशिस । यसै पनि सजिलो थिएन । त्यत्रो रकम जम्मा गर्दा र क्रण तिर्दैमा सारा जिन्दगी वित्ने संभावना हुन्थ्यो । तर अव त त्यही गर्न पनि अंसभवप्रायभ यो । एकहिसावले भन्ने नै हो भने ट्रम्पको यो कदमको सकारात्मक पाटो हो ।

कम्तिमा त्यत्रो रकम खर्च गरेर अमेरिका भित्रने सपना देख्नेहरुले त कम्तिमा त्यो देख्न छाडनेछन र बरु स्वदेशमै बसेर स्वावलम्वी बन्ने कोशिस गर्नेछन की ? त्यस्तै विद्यार्थी भिसामा आएर कलेज नगइ अबैधानिक बन्ने र अशाइलम गर्ने विद्यार्थी वर्गहरु पनि प्रशस्तै छन् । हो उनिहरु पनि सायद अव अमेरिका आउने सपना वागमतीमै सेलाउन तयार होलान की? यदि आर्थिक हैसियत राम्रो छैन भने यहाँ आएर शरणार्थी बन्ने कोशिस गर्नु पनि वेकार नै हो । अव आइन्दा कि त आर्थिक हैसियत भएका वा छात्रावृत्ति पाएकाहरुलाई मात्रै सहज हुनेछ । किनकि आर्थिक हैसियत राम्रो नभएका बिधार्थी भिसामा आएकाहरुले मज्जैले दुख पाइरहेका थिए/छन । उपरान्त त्यो आशाको त्यान्द्रो नै बन्द भएपछी कम्तीमा पनि क्रण धन गरेर भएपनि अमेरिकै पुग्नुपर्ने फेशनपनि मत्थर होला की भन्ने आश गर्न सकिन्छ ।

हालैको एउटा घटना यहाँ उल्लेख गर्न वान्छनिय छ ।

केही वर्ष पहिले विद्यार्थी भिसामा अमेरिका आएका र हाल असाइलम दर्ता गरेर कलेज नगई वर्क परमिट लिएर रेष्टुरेण्टमा डेलिभरी ब्यायको काम गरिरहेका एक नेपाली युवा केही दिनअघि मात्रै गंभिर दुर्घटनामा परेका छन्। न्यूयोर्कको एल्मर्हस्टमा बस्ने उनी कामको क्रममा डेलिभरीका लागी खाना लिएर साइकलमा हुइकिरहेका थिए । क्रश स्ट्रिटबाट आएको गाडीले हानेर उनको खुट्टा पाँच ठाउँमा भाच्चिएको छ । फ्लसिङकै हस्पिटलमा उपचारपछि उनि अहिले आफु बस्दै आएको कोठामा फर्किएका छन । तर अव उनको टेककेयर गर्ने त्यहाँ कोही पनि छैन। रुममेटहरु छन तर उनिहरु आफ्नो काममा जानैप¥यो । उनको दाहिने खुट्टामा पाँच ठाउँमा प्लाष्टर गरिएको छ । चल्न चटपाटाउन सक्दैनन । ट्वाइलेट समेत अरुले लगिदिनुपर्छ । उता नेपालमा परिवारलाई सो बारेमा जानकारी नै दिइएको छैन । हस्पिटलको विल कति र कसरी तिर्ने हो हि ह्याभ नो आइडिया । अव यो भन्दा विडम्वना के हुन सक्छ । उता छोरो अमेरिकामा छ । भन्ने छ । यता छोराको विजोग यस्तो छ । त्यसैले यो त एउटा दृष्टान्त मात्रै हो । यस्ता घटना अमेरिकामा थुप्रै छन । त्यसैले ट्रम्पफोविया बाट डराउनुभन्दा यस्ता घटना/दुर्घटनाबाट सचेत हुनुचाही कल्याणकारी होला ।

रह्यो कुरा नेपालमै रहेका केही नेपालीको । जो चाहेर वा नचाहेर अमेरिका आउन पाएका छैनन् उनिहरुको । जसरी अहिले हल्ला फिजिएको छ की सब नेपालीलाई ट्रम्पले लखेट्ने भयो भनेर । ती र त्यस्ताहरु चै हमम् ठिक्क प¥यो, अव मजा आउने भो भन्दै मख्ख परिरहेको सामाजिक संजालमा हेर्न/देख्न पाइन्छ । यी र यस्ताहरुचाही उहि च्याउँ अनलाइनका पाठक हुन । ‘ट्रम्पले नेपालीलाई पाठ पढाए‘, ‘ग्रीन कार्ड हुने नेपाली पनि अमेरिका जान नपाउने’, ‘ट्रम्पले सवै नेपालीलाई घर पठाउने’,जस्ता आलु समाचार शीर्षकका प्रभाव हुन । अझ केही नेपालमा गन्नेमान्नेमै पर्ने संचारमाध्यममा प्रकाशित एक समाचार जसमा अमेरिकाको कुनै एक ठाउँमा कसैले ‘गो व्याक होम इमिग्रेण्ट’ लेखेर नेपाली विद्यार्थीको ढोकामा टाँसेको फोटो सहितको समाचार नेपालकै डेटलाइनमा लेखिएको समाचारले पनि थप बढाईचढाइ गर्न मद्दत पुगेको थियो ।

जवकी अमेरिकामा विभिन्न स्टोरहरुमा काम गर्ने नेपाली वा कोही पनि आप्रवासीहरुलाई केही खराव भावनाका श्वेत वा काला अमेरिकीहरुले पहिले पनि भनि नै रहेका हुन्थे । जुन कुनै नौलो विषय थिएन । तर अहिले किरो कराइरहेको वेलामा बाख्रो हराइ गरियो । कुरा त्यति मात्रै हो । अतः ट्रम्पफोवियाबाट अनावश्यक रुपमा दुःखी र खुशी हुनु दुवै वेकार छ । आफ्नो कर्ममा निरन्तर लाग्नुमा नै सवैको भलो छ ।

सबैको जय होस !

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com