टीपीएसबारे नाइन्थ सर्किट कोर्टमा सुनुवाई, टीपीएस अन्त्य भएमा आउने अवस्थाबारे तर्क


प्रकाशित मिति : श्रावण २९, २०७६ बुधबार

क्यालिफोर्नियाको नाइन्थ सर्किट कोर्टमा टीपीएसबारेको मुद्दाको सुनुवाई गरिएको छ । बुधबार झण्डै २ घण्टा लामो सुनुवाईका क्रममा दशौं हजार आप्रवासीको टीपीएस सुविधा खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयका सन्दर्भमा तीनजना न्यायाधिसहरुको घम्साघम्सी परेको थियो ।

नाइन्थ सर्किट कोर्ट अफ अपिलले टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयबिरुद्धका तर्कहरु सुनेको थियो । सुडान, एल साल्भाडोर, हैटी र निकारागुवाको टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयका सन्दर्भमा अपिल कोर्टमा सुनुवाई भएपनि यसले नेपाल र होण्डुरसको सन्दर्भमा समेत प्रभाव पार्नेछ ।

ट्रम्प प्रशासनको निर्णय जातीवादबाट प्रेरित भएको सन्दर्भमा गरिएको तर्कमा न्यायाधिसहरु दुबिधामा परेका थिए । साथै नर्थ डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाले जारी गरेको प्राथमिक आदे खारेज गरिएमा टीपीएसवाहकको अवस्था के हुने भन्नेबारे समेत प्रश्न गरिएको थियो ।

खासगरी बुधबारको सुनुवाईमा अदालतको प्राथमिक आदेश पुनरावेदन अदालतले खारेज गरिदिएमा कस्तो अवस्था आउने भन्नेबारे चासो व्यक्त गरिएको थियो । टीपीएस खारेज गर्ने सरकारी निर्णयबिरुद्ध मुद्दा दायर गरेका रामोसले प्राथमिक आदेश खारेज गरिएमा पनि आफूहरुले लडाई जारी राख्ने बताएकी थिइन् ।

क्रिस्टा रामोश अमेरिकी नागरिक हुन् । उनले टीपीएसबाट संरक्षित आफ्नी आमा र एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानका दशौं हजार टीपीएस वाहकको देशनिकाला रोक्न टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयबिरुद्ध अदालतमा मुद्दा दायर गरेकी छिन् ।

नाइन्थ सर्किट कोर्टका दुईजना न्यायाधिसहरु राष्ट्रपति जर्ज बुसले नियुक्त गरेकाहरु छन् । एकजना भने राष्ट्रपति बराक ओबामाले नियुक्त गरेका न्यायाधिस छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com