नेपालबाट देखिएको चन्द्रग्रहणको मनोरम दृश्य (एक्सक्लुसिभ फोटो फिचर)


प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार

गुरुपूर्णिमाको राति लागेको खण्डग्रास चन्द्रग्रहणको दृश्य नेपालबाट पनि निकै मनोरम देखियो । चन्द्रग्रहण बिहान १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेट जाँदा सम्म लागेको थियो ।
नेपालमा राति १ बजेर ४६ मिनेटबाट खण्डग्रास चन्द्र ग्रहण देखिएको थियो । १ बजेर ४६ मिनेटमा सुरु भएको ग्रहण राति ३ बजेर १५ मिनेटमा मध्य र बिहान ४ बजेर ४४ मिनेटमा सकिएको थियो ।

सूर्य तथा चन्द्रको बीचमा पृथ्वी पर्दा चन्द्रग्रहण लाग्छ । चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्छन् ।

चन्द्रमाको आकार पनि अन्य दिनको तुलनामा निकै ठूलो देखियो । खगोल विज्ञानमा चासो राख्ने मानिसका लागि मात्र नभएर सबैका लागि निकै मनोरम दृश्य रहेको थियो । खसोखासका लागि दीपेन्द्र ढुंगानाले ति मनोरम दृश्यहरु क्यामेरामा कैद गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com