प्रचण्ड–ओली अतिवादका नाइके : सांसद आरके खम्बु


प्रकाशित मिति : माघ २९, २०७३ शनिबार

खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आरके खम्बुले तत्कालिन नेकपा माओवादीले आफ्नो पार्टीको कार्यदिशा बोकेका कारण जनयुद्धमा निकै ठूलो सफलता हात पारेको र छाडेपछि ओरालो लागेको दाबि गरेका छन् ।

शनिबार संवाद डबलीमा पार्टीमा नव प्रवेशीहरुलाई स्वगत गर्दै सो धारणा राखेका हुन् । खम्बुले वर्तमान नेपालको समस्या ठ्याक्कै माक्र्स, लेनिन र माओले ब्यख्या गरेजस्तै नभई जातीय, क्षेत्रिय र नश्लिय भएको धारणा राखे । खुम्बुले माओवादीले जनयुद्ध थाल्नु पूर्व नै माओवादी र आफूहरुले कार्यगत एकता गरेको बताए ।

प्रचण्ड लगायतका नेतारुलाई जातिय र क्षेत्रिय उत्पिडनबारे बस्तुगत अवस्थामा सहमत गराएको बताउँदै भने, खम्बुले “हामीले प्रचण्ड बाबुरामहरुलाई जातिय मार्चा बनाउन सुझयौं, सोका कारण माओवादीले छोटो समयमै नब्बे प्रतिशत भूभागमा नियन्त्रण जमायो तर शान्तिप्रक्रिया पश्चात ओरालो लाग्यो । शान्ति प्रक्रियापछि प्रचण्डले खोलो तरेको लौरो बिर्सेपछि जातिय मुद्धा विसर्जनवादमा पुग्यो ।”
सांसद समेत रहेका खम्बुले वर्तमान संविधान पूर्ण नभएको बताउँदै परिमार्जन गर्दै लिन सकिने धारणा बताए । खम्बुले प्रचण्ड र केपी ओपी दुबै नेता अतिवाद नाइके भएको दाबी गरे ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले संविधान संशोधन गर्नैपर्ने भन्नु र ओलीले कुनैपनि हालतमा हुँदैन भन्नु दुबै अतिवाद भएको उनको तर्क थियो । प्रचण्ड र ओली अतिवादका नेतृत्वकर्ता भएका कारण समस्या समाधान हुन नसकेको धारणा राखे ।
कार्यक्रममा पार्टीका उपत्यका अध्यक्ष ऋषि खम्बुले देशका समस्या समाधनको लागि जनता एकजुट हुनुपर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केन्द्रीय सदस्य राज्य खम्बु, राज्य राई, साँस्कृतिक प्रालीका श्यम कुमार राई, सोलुखुम्बु अध्यक्ष रामकाजी राईलगायतले पनि धारणा राखेका थिए । विभिन्न पार्टी परित्याग गरी ममता राई, मुक्ति सेर राई, इन्दिरा राई, मनिशा सुनुवार, मोहन राई, राकेश पाण्डे, रामकृष्ण बेगारीलगायत दुई दर्जन खम्बुवान मोर्चामा प्रवेश गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com