भारतीय दूतावासले पठाएको पत्र मैले नै प्रधानमन्त्रीलाई दिएको हो : मन्त्री खनाल


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

sf7df8f}F, @& c;f/ -/f;;_Mk|of]uzfnf cjnf]sgs[lif tyf kz’kG5L ljsf;dGqL rqmkf0fL vgfn z’qmaf/ sf7df8f}Fsf] sfnLdf6L kmnkm”n tyf t/sf/L ahf/leq /x]sf] ljiffbL k|of]uzfnfsf] cjnf]sg ub}{ . tl:a/ M =/f]zg ;fksf]6f

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले केन्द्रिय कृषि प्रयोगशालाको निरीक्षण गर्नु भएको छ । भारतबाट आयोतित तरकारी तथा फलफूलको विषादी परीक्षण तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयको चर्को आलोचना भईरहेका बेला मन्त्री खनालले शुक्रबार बिहानै कालिमाटी तरकारी बजारमा रहेको केन्द्रिय कृषि प्रयोगशालाको स्थलगत निरीक्षण गर्नु भएको हो ।

‘भारतीय दूतावासले विषादी परीक्षणबारे नेपाल सरकारलाई पठाएको पत्र मैले नै प्रधानमन्त्रीलाई दिएको हो’, उहाँले भन्नुभयो दूतावासले पठाएको पत्र नेखाएर मन्त्री र कर्मचारीहरुले नदेखाएर आफुलाई गुमराहमा राखिएको जनाउँदै प्रधानमन्त्री ओलीले बिहीबार संघीय मन्त्रालयमा भएको कार्यक्रममा माफी नै माग्नु भएको थियो ।

करिव एक घण्टा प्रयोगशालाको निरीक्षणपछि उहाँले संचारकर्मीमाझ प्रचार गरिएजस्तो भारतबाट आयातीत तरकारी तथा फलफूलमा विषादी नभएको परीक्षणका क्रममा पाइएको स्पष्ट पार्नु भयो । उहाँले दैनिक तरकारी तथा फलफूलको विषादी परिक्षणको काम भईरहेकाले सर्वसाधारणले पनि डराउनुपर्ने स्थित नरहेको पनि बताउनु भयो । केन्द्रमा रहेको सो प्रयोगशालामा सबै प्रकारको विषादीको परीक्षण हुने र अन्य ठाउँमा रहेका ८ वटा प्रयोगशालाबाट पनि तरकारी तथा फलफूलको विषादी परिक्षणको काम भईरहेको मन्त्री खनालको दावी छ ।

मन्त्री खनालले जनस्वास्थ्यलाई ख्यालमा राखेर सरकारले ४ महिना अघि नै २१ वटा विषादीको प्रयोगमा प्रतिबन्ध लगाएको पनि स्मरण गराउनु भयो । मन्त्री खनालका अनुसार नेपालमा हाल विषादी परीक्षणका लागि केन्द्रमा एक र देशका अन्य भागमा गरी ८ वटा प्रयोगशाला रहेका छन । विश्व खाद्य संगठनले २०७१ सालमा स्थापना गरेको केन्द्रिय कृषि प्रयोगशालामा सबै खालको विषादीको परीक्षण हुन्छ । अन्य ८ ठाउँबाट पनि खाद्य बस्तुहरुको विषादी परीक्षण भईरहेको छ । मन्त्री खनालले त्यतिले मात्रै नपुगेका कारण भन्सार नाकाहरुमा पनि विषादी चेकजाँचको व्यवस्था गर्नुपर्ने आवश्यक्ता मन्त्रालयले औंल्याएको पनि बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले विषादीको प्रयोगलाई कम गर्दै लैजान विभिन्न प्रदेशहरुमा प्राङगारिक मल उत्पादनका लागि ५२ करोडको बजेटको व्यवस्था पनि गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको दावी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com