सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् । सर्लाहीमा दोहोरो भिडन्तमा पारी मृत्यु भएको भनिएका विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु प्रकरण र प्रहरीसँग झडप हुँदा सरोजनारायण यादवको मृत्यु भएको विषयलाई लिएर दुवै दलले सरकारसँग जवाफ माग गरेका थिए ।
मंगलबार कांग्रेस र राजपाले उठाएका प्रश्नको जवाफ गृहमन्त्रीले दिए पनि उहाँको जवाफ प्रष्ट नभएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरे । जवाफमा सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएसंगै प्रतिपक्षी दलका सांसदहरुले रोष्टम घेराउ गरेपछि १५ मिनेटका लागि संसद स्थगित गरिएको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।