जवाफ चित्त नबुझेको भन्दै कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध


प्रकाशित मिति : असार २४, २०७६ मंगलबार

 सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् । सर्लाहीमा दोहोरो भिडन्तमा पारी मृत्यु भएको भनिएका विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु प्रकरण र प्रहरीसँग झडप हुँदा सरोजनारायण यादवको मृत्यु भएको विषयलाई लिएर दुवै दलले सरकारसँग जवाफ माग गरेका थिए ।

मंगलबार कांग्रेस र राजपाले उठाएका प्रश्नको जवाफ गृहमन्त्रीले दिए पनि उहाँको जवाफ प्रष्ट नभएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरे ।  जवाफमा सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएसंगै प्रतिपक्षी दलका सांसदहरुले रोष्टम घेराउ गरेपछि १५ मिनेटका लागि संसद स्थगित गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com